पु.समाचार

आयोगले लग्यो २ हजार ५७ स्थानका मतपेटिकाहरु जिल्ला ससदरमुकाम

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा हिजो मङ्सिर १० गते मतदान सम्पन्न भएका ३२ जिल्लाका २ हजार ९१७ मतदानस्थलमध्ये २ हजार ५७ मतदानस्थलका मतपेटिकाहरु सम्बन्धित जिल्लाका सदरमुकाममा लगिसकिएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारी अनुसार, सदरमुकाममा ल्याउन बाँकी रहेकामध्ये १२९ मतदानस्थलका मतपेटिकाहरु हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको छ ।

यसैगरी, अन्य ७४१ मतदानस्थलका मतपेटिकाहरु पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी रहेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मङरसिर १० गते सम्पन्न मतदानमा ६५ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।