विशेष

कहिलेसम्म वीपी बाँचेको भए एमाले हुन्थे भन्ने जस्ता हावादारी गफ गर्ने हौ अध्यक्ष ओली ज्यू !

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपी कोईराला बाँचिरहेको भए एमाले हुने थिए भन्ने एक कार्यक्रममा दिएको अभिब्यक्तीको बिषयमा राजनीतिक बहसले पछिल्लो समयमा स्थान पाएको छ ।
वीपी पुत्र एबम् नेपाली काँग्रेसका माहामन्त्री डा. शसाँक कोईरालाले वीपी बाँच्नुभएको भए केपी ओली आफू चैं काँग्रेस हुनुनुने प्रतिकृया दिएका छन् भने सामाजिक संजालमा एमोल अध्यक्ष ओलीको बिरोधमा नेपाली काँग्रेस समर्थक, शुभचिन्तकले मात्र नभएर स्वतन्त्र बुद्धिजिवीले समेत अध्यक्ष ओलीको बिरोधलाई तीब्र बनाएका छन् ।
ओलीले ५० बर्ष बामले सरकार बनाउने अभिब्यक्त दिएको केहि दिनमा नै वीपी कोईरालाको बिषयमा बिबादास्पद अभिब्यक्त दिएका थिए । उनलाई राज्यको करोडौं खर्च गरेर शक्तीबर्धक औसधी नखान काँग्रेस कार्यकर्ताहरुले सचेत गराएका छन् । ओलीले काँग्रेसको अन्मि सरकार यही देउवा सरकार हो भन्ने अभिब्यक्तको पनि तीब्र आलोचना भएको थियो ।
जननायक वीपी कोईराला नेपाली काँग्रेसका संस्थापम नेता र नेपालका प्रथम निर्बाचित प्रधानमन्त्री हुन् । उखान टुक्का भनेर नथाक्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई केहि बर्ष अगाडी माओबादी केन्द्र र मधेशबादी दलले उनी पागल भएका र उनलाई उपचारका लागी रँची लान सल्लाह दिएको थिायो । उनीहरुको केन्द्रीय समितिको बैठकले नै अध्यक्ष ओलीलाई पागल घोषणा गरेका थिए । ओलीलाई पागलद घोषणा गर्ने मूल्य नेतृत्वकर्ता उनै पुष्पकमल दाहाल पछिललो समय बाम एकता भन्दै नेकपा एमालेसंग ६० ४० को भागबण्डामा चुनावी तालमेलमा छन् ।
चितवनको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागी उमेर्द्वारी दिएका माओबादी केन्द्रका अध्यक्ष दाहाललाई सफल बयावशायी तथा समाजसेवी बिक्रम पाण्डेको चुनौतीको पाहाडले समस्या पारेको छ । पुष्पकमल दाहाल घरि गरिजा प्रसादको सपना पुरा गर्नु छ त्यासैले आफूलाइ मतदान गर्नुस भनेर जनतासंग मत माग्ने काम गर्छन् त घरि पुष्पलदाल र मदन भण्डारी नै आफ्ना महत्वपूर्ण आदर्श ब्यक्ती भएको बताउछन् । स्थानीय तहको निर्बाचनमा नेपाली काँग्रेससंग निर्बाचन तालमेल गरेर माओबादी कार्यकर्ताहरुको मन चिढ्याएका दाहालले भर्खरैमात्र पुत्र बियोग खेप्नुपरेको थियो ।
दाहालको राजनीतिमा दायाँ हातका रुपमा देखिएका छोरा प्रकाश दाहालको देहान्तले दाहालको ।राजनीतिमा कत्तिको उतारचढाब ल्याउछ त्यो भने हेर्न बाँकी नै छ तर यति आँकलन गर्न सकिन्छ कि भूमिगत हुंदादेखी नै दाहालसंग संगै बसेका प्रकाशको महत्व चुनाबपछि पुष्पकमललाई होला ।
घरि काँग्रेससंग तालमेल, घरि एमालेसंग तालमेल गरेको माओबादीका पुराना कार्यकताहरुलाई एकरति पनि चित्त नबुझेको सामाजिक संजालमा उनीहरुले लेखेको स्टाटसबाट पनि प्रष्ट हुन्छ । काँग्रेस कार्यकर्ता भने स्थानीय तहको निर्बाचनमा माओबादीसंग गरिएको तालमेलबाट रुष्ट थिए । अहिले माओबादी बहिरिदा उनीहरु कतिपयले एकसीट आएपनि ठीक छ भन्ने खाल्का सन्तुष्टीका स्वरहरु गुञ्जाउने गरेका भेटिन्छन् । काँग्रेसले पनि राप्रपा लगायतका दलहरुसंग आउदो प्रतिनिधिसभा र प्रदेशसभा निर्बाचनका लागी तालमेल गरेको छ ।
काँग्रेसका शीर्ष नेताहरुले भने एमाले र माओबादीको तालमेल प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचनको परिणाम भन्दा पर नटिक्ने अनि उनीहरुले बहुमत ल्याउने भनेर दिएको अभिब्यक्त हावा भएको टिप्पणी गरेका छन् ।
बुद्धीजिवीहरुले मत माग्दा सभ्य भएर कसैको ब्यक्तीगत तथा सामाजीक चरित्र हत्या हुने गरि आरोप प्रत्यारोपमा नउत्रिन आग्रह गर्दागर्दै पनि अध्यक्ष ओलीको उखान टुक्काले मिडीयालाई समाचार दिने पुरानो बानी अनुसार तल्लो स्तरमा उत्रिन छाडेका छैनन् ।
नेकपा एमाले जस्तो दोस्रो ठूलो दलका प्रमूखले यस गैर जिम्मेवार अभिब्यक्त दिनु ठीक होईन यसमा एमाले कार्यकर्ताले खबरदारी समेत गरेको देखिएन ।

आफूहरु लाई माओबादीसंग तालमेल गरेको ठीक नलागेको भने एक एमालेका केन्द्रीय सदस्यले नाम नभन्ने शर्तमा सुर्यखबरलाई बताए ।