खेलकुद

नेपाल ईन्टरनेशनल सेरिजमा १९ राष्ट्र सहभागी हुने

काठमाण्डौ । बिश्व ब्याडमिन्टन महासंघ तथा ब्याडमिन्टन एशिया कन्फेडेरेशनको सहयोगमा तथा नेपाल ब्याडमिन्टन संघको आयोजनामा नेपाल ईन्टरनेशनल सेरिज २०१७ ब्याडमिन्टन प्रतियोगिता पौष महिना हुने भएको छ ।

डिसेम्बर २१ देखि २५ तारिख सम्म आयोजना हुने प्रतियोगितामा नेपाल सहित एशिया तथा अमेरिकाका गरि १९ राष्ट्रको सहभागिता रहने छ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजना हुने प्रतियोगितामा अष्ट्रेलिया, बंगलादेश, भुटान, हङ्गकङ्ग, भारत, ईन्डोनिसिया, ईरान, जोर्डन, मलेसिया, मालदिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान, सिंगापुर, सिरिया, थाईल्याण्ड, भियतनाम र चिलीका २२५ खेलाडीहरुले सहभागिता जनाउने नेपाल ब्याडमिन्टन संघका उपमहासचिव तथा सिरिका डेपुटी रेफ्री लवभक्त श्रेष्ठले जानकारी गराए ।

८ हजार डलर पुरस्कार राशीको प्रतियोगितामा महिला÷पुरुष एकल र जोडी तथा मिक्स जोडीमा प्रतिस्पर्धा गराइने छ । २५३ म्याच रहेको प्रतियोगितामा पुरुष एकलमा ११३ खेलाडीहरुको सहभागिता रहने छ । यस्तै महिला एकलमा ५१, पुरुष जोडीमा ४३ जोडी, महिला जोडीमा १८ जोडी र मिस्क जोडीमा ३३ जोडीले प्रतिस्पर्धा गर्ने डेपुटी रेफ्री श्रेष्ठले जनाएका छन् ।

प्रतियोगितामा सर्वाधिक भारतका ९९ खेलाडीहरुको सहभागिता रहने र अहिले सम्मकै सवैभन्दा ठुलो प्रतियोगिता रहेको नेपाल ब्याडमिन्टन संघका महासचिव विरेन्द्र श्रेष्ठले बताए ।

प्रतियोगितालाई भब्य र सभ्य तथा विवाद रहित बनाउनका लागि विभिन्न समितिहरु गठन गरिएको नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।