आर्थिक

ग्लोबल आइएमई बैंकको थप ३ शाखारहित बैकिङ्ग

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले शनिबारदेखि कञ्चनपुरका साखारहित तीन बैंकको साखा स्थापना गरेको छ । जिल्लाको भिमदत्त नगरपालिका, ९ ब्रहमदेव तथा कञ्चनपुर जिल्ला कै कृष्णपुर नगरपालिका, २, बाणाी र  आइतबार डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका, ७ सादनीमा आफ्नो ४७, ४८ र ४९ औ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, ९ ब्रहमदेव सुरु गरिएको सेवाको लागि स्थानिय रमेश बहादुर खड्का, कृष्णपुर नगरपालिका, २, बाणाीमा सुरु गरिएको सेवाको स्थानिय भरत महता र डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका ७ सादनीमा खोलिएको सेवाका लागि बिमला कुमारी बोहोरालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । २०७४ असोज मसान्तसम्म १ खर्व ४ अर्व ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ४९ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।