राजनीति

निर्बाचनको मुखमा मात्र मत माग्न आउनेलाई मतदान नगर्न नेता सिंहको आग्रह

काठमाण्डौ । नेपाली काँग्रेसका पूर्ब महामन्त्री एबम् काठ्माण्डौ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उमेर्द्वार प्रकाशमान सिंहले कहिल्यै नदेखेको मान्छेलाई मतदान नगर्न आग्रह गरेका छन् । निर्बाचनको मुखमा मात्र देखिनेहरु निर्बाचनपछि क्षेत्रबाट भाग्ने आंकलन नेता सिंहले जनाएका थिए । उनले रवीन्द्र मिश्रलाई संकेत गर्दै उक्त कुरा बताएका थिए ।

पुरानोबानेश्वरको डाईनिङपार्क जोटलमा आयोजना गरिएको उक्त कार्यक्रममा आफूलाई आदरणीय मतदाताहरुले ०६४ र ०७० सालमा मतदान गरेर क्षेत्र नम्बर १ का जनतासंग थप नजिक हुने मौका पाएको बताउदै मतदान गर्दा कसको कति योगदान छ अध्ययन गरेर मात्र निर्णय लिन आग्रह गरेका छन् ।

१५ दिन अगाडीदेखीको आफ्नो क्षेत्रको घरदैलो कार्यक्रमलाई स्थागीत गरि शनिबार आयोजना गरिएको क्षत्रीय स्तरको कार्यक्रममा नेता सिंहले आफूले दुई कार्यकाल साँसद बनाएर पढाउदा संबिधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै ढुक्क भएर रुख चिन्हमा मतदान गर्न स्थानीयबासीहरुलाई आग्रह गरेका थिए ।

नेपाली काँग्रेसका तर्फबाट प्रदेश क र ख का उमेर्द्वारहरु दीपेन्द्र श्रेष्ठ र सरोजराज लामिछानेले समेत काँग्रेसका बरिष्ठ नेता प्रकाशमान सिंह, समानुपातिक सहित आफूहरुलाई मतदान गर्न आग्रह गरेका थिए ।