आर्थिक

निर्बाचनका दिन सिभिल बैंकको सातौं वार्षिकोत्सव

काठमाण्डौ । सिभिल बैंकले आफ्नो सातौं वार्षिकोत्सव विविध कार्यक्रमहरुको आयोजना गरीे मनाउने भएको छ । आईतबार वार्षिकोत्सवको दिनदेखि विविध कार्यक्रमहरुको आयोजना गर्ने भएको छ । बैंकको वार्षिकोत्सवको दिन बृद्धाश्रममा कम्वल वितरणका साथै महिना ब्यापी रुपमा देशका विभिन्न स्थानहरुमा वित्तिय साक्षरता प्रदान गर्ने कार्यक्रमहरु आयोजना गर्ने, देशका विभिन्न स्थानहरुबाट जेहेन्दार गरिब विद्यार्थीहरुको छनौट गरी छात्रवृत्ति तथा रक्तदान कार्यक्रमहरुको पनि आयोजना गर्ने भएको छ ।

चालु आर्थिक वर्षको प्रथम चौमासमा रु ११ करोड ३३ लाख (जुनपहिलो वर्षको यसै अवधिको तुलनामा ६७९.१८% को बृद्धी हो) कमाउन सफलयस बैंकले हालसालै ४०% हकप्रद शेयरको आव्हान गरीसकेको छ । हकप्रद शेयर वितरण पश्चात बैंकको पुँजीकोषमा रहेको रकम र गत आ.व.को नाफाबाट बैंकको चुक्तापुँजी रु ८ अर्ब पुर्याउने योजना रहेको छ । साथै यस बैंकले यसै त्रैमासको अन्त्यसम्ममा खोलिने थप ५ शाखा सहित बैंकको कुलशाखा संख्या ५८ पुग्नेछ । यस बैंकले समाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहकवर्ग तथाअन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखीआफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तारगर्दै व्यवसाय अभिवृद्वि गर्दैजाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले बताए ।