सूचना प्रविधि

हिम इलेक्ट्रोनिक्सको सामसङ्ग डिजिटल प्लाजा धरानमा

धरान । सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्सको सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १५ औँ सामसङ्ग डिजिटल प्लाजा धरानमा बिहीबार मंसिर ७ गतेदेखि शुभारम्भ भएको छ । यो सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरीय उत्पादनहरु टि.भि., मोवाइल लगायतका सामसङ्गका सामानहरु प्रदर्शन तथा बिक्रि वितरण गर्नेछ ।
बजारमा उच्च स्तरिय सामसङ्गका सामानहरुको बढ्दो मागले गर्दा धरानमा नयाँ शो–रुम खोल्न हिम इलेक्ट्रोनिक्सले कृतिमा इलेक्ट्रोनिक्ससँग सहकार्य गरेको हो । नयाँ शोरुम उद्घाटनको अबसरमा कृतिमा इलेक्ट्रोनिक्सका प्रोप्राइटर भरत अग्रवाल र शिव बहादुर राणाले भन्नुभयो ‘हामी बिश्बकै अग्रणी ग्लोवल ब्राण्डसँग जोडिन पाएकोमा र यहाँ सुरुवातमै ग्राहकहरुले दिनुभएको प्रतिक्रियाले हामी हर्षित भएका छौँ ।’ उहाँहरुले धरानकोे व्यवस्थ बजारमा खुलेको नयाँ शो–रुमबाट ग्राहक महानुभावहरुले नयाँ अनुभव गर्नै र आफुहरुले राम्रो ग्राहक सेवा दिने प्रतिबद्ध गर्नुभएको छ । दुबै प्रोपराइटरहरु भन्नुहुन्छ ‘हामीले दिने सेवाले धरान र धरानलाई व्यवसायीक केन्द्र बनाउनुहुने ग्राहकको हृदय जित्ने कुरामा विश्वस्त छौँ ।’
नेपालको इलेक्ट्रोनिक्स व्यवसायमा हिम बिगत ३० वर्षदेखि अग्रणी कम्पनीको रुपमा रहँदै आएको छ । हिम इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताहरूलाई उत्कृष्ट सेवा र सुविधा दिन निरन्तर लगानी बढाउँदै लगेको छ ।

‘१५ औँ सामसङ्ग डिजिटल प्लाजा धरानमा शुभारम्भ गर्दा हामी गर्व गर्छौ । धरानमा केहि समय अगाडिनै सामसङ्ग डिजिटल प्लाजा खोल्ने लक्ष्य बनाएको भएपनि अहिले आएर हाम्रो उदेश्य पूरा भएकोमा हामी हर्षित भएका छौँ । हामीसँग सहकार्य गर्ने कृतिमा इलेक्ट्रोनिक्स्को भविष्यप्रति हाम्रो तर्फबाट हार्दिकता प्रकट गर्दछौं ।’ कम्पनीका प्रतिनिधिले भने ।