सूचना प्रविधि

एनसेलले आयोजना गर्यो ‘डिजिटल ज्याम’

काठमाडौं । एनसेलले आफ्ना सबै कर्मचारीहरुमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीका सेवालाई थप परिस्कृत तथा सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्य लिई बिहिवार ‘डिजिटल ज्याम’ कार्यक्रम आयोजना गरेको छ ।

उक्त एक दिवसीय कार्यक्रममा एनसेलका सबै कर्मचारीले अनलाइन र अफलाइन माध्यमबाट सिक्दै डिजिटल मानसिकताको विकास र कामगर्ने नयाँ तरिकाका बारेमा परिक्षण गरे । साथै कसरी ग्राहकको आवश्यकता अनुसार नविन सेवा तथा आकर्षक ग्राहक संलग्नताका प्रयासलाई थपतदारुकताकासाथ संचालन गर्ने भन्ने विषयमा विभिन्नगतिविधिमा सहभागी भई डिजिटल टुल्सहरुको प्रयोग गर्दै मोबाइल एप, च्याटबट र वेबसाइट लगायतका विभिन्न सोलुसन्स्हरु बनाएका थिए ।

डिजिटल प्रतिभाको रुपान्तरणलाई अझतदारुकताका साथ अघि बढाउने आजिआटा गु्रपको पहल अन्तर्गत एनसेलले डिजिटल ज्याम कार्यक्रमको आयोजना गरेको हो । आजिआटा गु्रपको दक्षिण–पूर्वी एसियार दक्षिण एसियाका मुलुकहरुमा रहेका ६ वटा कम्पनीहरु –– एनसेल (नेपाल), रोबी (बङ्गलादेश), डायलग (श्रीलंका), सेलकम (मलेसिया), स्मार्ट (क्याम्बोडिया) र एक्सएल (इण्डोनेसिया) –– मा एकै साथ संचालन गरिएको यो कार्यक्रम एसियाकै सबैभन्दा ठूलोे कर्मचारी लक्षित अनलाइन एक्टिभेसन कार्यक्रम हो । यसमा आजिआटा गु्रप अन्तर्गतका १२,००० कर्मचारीको सहभागिता रहेको थियो ।

‘‘कनेक्टिभिटी र कम्युनिकेसन्स्ले यो विश्वद्रुतगतिमा परिवर्तन भइरहेको छ र दूरसञ्चार क्षेत्रका लागि नयाँ तरिका अवलम्बन गर्दै ग्राहकसँग निरन्तर आबद्ध रहनु, नयाँ सोलुसन्स्को विकास गर्नु र नवीन सोचाइका साथ सेवाहरुको सिर्जना गर्दै ग्राहकको जीवन सुधार्न सिक्नु बाहेक अरु कुनै विकल्प छैन,’’ आजियाटा गु्रपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तानश्री जमालुद्दिन इब्राहिमले भने । ‘‘मलेसिया होस् वा नेपाल, हाम्रा सबै कम्पनीमा कार्यरत कर्मचारीहरु नै हाम्रो सफलताको मेरुदण्ड हुन् । विश्वबजारमा डिजिटाइजेसनले जसरी गति लिएको छ, त्यससँगै हाम्रो प्रतिस्पर्धी क्षमताको निर्धारण गर्न र कम्पनीको विकासका लागि कर्मचारीको प्रतिभा महत्वपूर्ण भएको छ ।’’

आजियाटाले आफ्ना कर्मचारीहरुको डिजिटल प्रतिभा विकासक ाअभ्यासलाई तदारुकताका साथ अघि बढाउन आउदो ३ वर्षमा ६० लाख अमेरिकी डलर लगानी गर्ने प्रतिवद्घता जनाएको छ । यस अन्र्तगत आजियाटाले आफ्ना सबै तहका कर्मचारीहरुको प्रतिभामा निखार ल्याउन र महत्वपूर्ण डिजिटल विकास एवं तिनीहरुको क्षमता अभिवृृद्घिमा लगानी गर्नेछ ।

देशको विभिन्नभागमा फोरजी तथा थ्रिजी सेवाको तिब्र विस्तार गरिरहेको समयमा एनसेलले डिजिटल ज्याम कार्यक्रमको आयोजना गरेको हो । ‘‘डिजिटल नेपाल निर्माणको यात्रामा अगाडी बढि रहदा आफ्ना ग्राहकलाई अझ सार्थकरुपमासेवा प्रदान गर्न र उनीहरुसँग आबद्घ रहन हामीले डिजिटाईजेसन अंगीकार गर्दै एक साझालयमा काम गर्न आवश्यक छ । यसकालागि आवश्यक नयाँ सीप र विधिहरु प्रदान गर्दै आफ्ना कर्मचारीहरुलाई डिजिटल भविष्यका लागि तयार पार्न यो डिजिटल ज्याम दिवस सफल भएको छ,’’ एनसेलका प्रबन्ध संचालक सुरेन जे अमरासेकराले भने ।

आजियाटा ग्रुपसँग आबद्घ एनसेल, अनुकूल र गतिशील वातावरणको निर्माण गर्दैथपआधुनिक, चुस्तबन्न र आफ्नो कार्यकक्षमा डिजिटल संस्कृतिको विकासगर्न सँधै तत्पर छ, अमरासेकराले भने ।

एसियाकै एक अग्रणी दूरसञ्चार समुहका रुपमा रहेको आजियाटाले सन् २०२१ सम्ममानयाँ पुस्ताको डिजिटल च्याम्पियनको रुपमा रुपान्तरित हुने दीर्घकालिन लक्ष्य लिएको छ । डिजिटल रुपान्तरणको लक्ष्य अनुरुप आजियाटाले सन् २०१३ देखि आफ्नो मुख्य मोबाइल सेवा व्यवसायलाई बलियो पार्दै व्यवसायमा विविधीकरण गर्दै पुर्वाधार तथा टावर सेवा, फिक्स्ड मोबाइल कन्भर्जेन्स् र इन्टरप्राइज इन्टरनेट अफथिङ्स् जस्ता नयाँ उद्यममा पनि आफुलाई समाहित गरेको छ । आजियाटाको दीर्घकालिन विकास योजनाकालागि जनशक्ति र प्रतिभामा रुपान्तरण पनि महत्वपूर्ण छ ।