आर्थिक

एनबी इन्सुरेन्सको नाम तथा लोगो परिवर्तन

कठमाण्डौ । एनबी ईन्सुरेन्स कम्पनीकोे नाम तथा लोगो परिवर्तन भएको छ । मिति २०७४ साल आश्विन १० गते सम्पन्न २०औं बार्षिक साधारण सभाको निर्णय तथा बीमा समितिबाट मिति २०७४।५।१४ गते को नाम परिवर्तन सम्बन्धमा प्राप्त सैद्धान्तिक पत्र पश्चात मिति २०७४ साल कार्तिक ८ गतेको श्री कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनीको नाम परिवर्तन भएको सम्बन्धमा प्राप्त पत्र तथा नाम परिवर्तन सम्बन्धि सोही मितिमा प्राप्त कम्पनी दर्ताको प्रमाण(पत्र वमोजिम कम्पनीको नाम परिवर्तन भई आइएमई जनरल इन्स्योरेन्स लिमिटेड भएको व्यहोरा जानकारी गराएको छ ।

निर्जीवन बीमा क्षेत्रमा २० बर्षदेखि सेवारत कम्पनी बिगतमा विविध कारणले समस्याग्रस्त भएपश्चात २०७१ साल माघ ५ गतेदेखि आईएमई गु्रप लगायत अन्य व्यक्तिहरुले खरिद गरी नयां व्यवस्थापन साहित २०७२ आषाढ देखि पुनः संचालनमा आएको थियो ।

नयां लगानीकर्ता तथा नयां व्यवस्थापनले कम्पनी सम्हाले पश्चात विगत ६ बर्षदेखिको हुन नसकेको बार्षिक साधारण सभा सम्पन्न गरी आ.ब. २०७३र०७४ को साधारण सभा मिति २०७४ साल आश्विन १० गते सम्पन्न गरी उक्त आ.ब.को साधारण सभा गर्ने पहिलो कम्पनी बन्न सफल भएको थियो ।

कम्पनीको नाम तथा लोगो परिवर्तन सम्बन्धमा जानकारीको लागि आयोजित प्रेस सम्मेलनमा आइएमई गु्रपका प्रबन्ध निर्देशक तथा कम्पनीका अध्यक्ष श्री हेमराज ढकालज्यूले कम्पनीको विगत र वर्तमान अवस्थाका बारेमा पे्रसलाई जानकारी दिनुभई कम्पनीको मुख्य मुख्य आर्थिक गतिविधिहरुको बारेमा जानकारी एका थिए ।
कम्पनीले हांसिल गरेको आर्थिक गतिविधिहरु इसरी बुंदागत रुपमा प्रश्तुत गरिएको थियो ।
१. चुक्ता पूंजी ५४ करोडमा थप ८० प्रतिशत हकप्रद शेयर सहित ९७ करोड २० लाख पु¥याउने प्रक्रियामा रहेको साथै तत् पश्चात ५ प्रतिशत बोनस शेयर वितरण गरी बीमा समितिले तेकेको रु. १ अरब भन्दा बढी चुक्त पूंजी पु¥याउने गरी पूंजी योजना बीमा समितिमा पेश गरिएको ।
२. २०७४ आश्विन मसान्तसम्मको कूल बीमा शुल्क आर्जन करिब २२ करोड रहेको ।
३. खुद मुनाफा आर्जन २ करोड ५५ लाख हांसिल गरेको ।
४. कूल लगानी नेपाल राष्ट्र बैंकको विकास ऋणपत्र, विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्धती तथा साधारण शेयरमा गरी कूल लगानी रु.८२ करोड रहेको ।
५. जगेडा कोषमा रु. २२ करोड रहेको ।
६. शाखा सञ्जाल २५ र सेवा काउण्टर १० सहित ३५ स्थानबाट सेवा प्रदान गरिरहेको ।
७. थप १८ वटा शाखा तथा सम्पर्क कार्यालय खोल्न बीमा समितिबाट स्वीकृत प्राप्त गरी खोल्ने प्रक्रियामा रहेको ।
८. कर्मचारी संख्या हाल कार्यरत १६६ जना र शाखा विस्तारसंगै २५० जना पुग्ने ।
९. चालु आ.ब.को बार्षिक प्रिमियम लक्ष १ अरब २० करोड मध्ये हालसम्म ३० करोड संकलन भई सकेको ।
१०. त्यसै गरी खुद नाफा २० करोड भन्दा बढी गर्ने लक्ष्य रहेको ।

सोही अवसरमा श्री ढकालज्यूले आजभन्दा झण्डै २ बर्ष १० महिना पहिले रु.२० करोड भन्दा बढी नोक्सानी रहेको कम्पनीलाई लिएर छोटो समयमानै कम्पनीका लगानीकतार्, संचालक, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुको अथक प्रयासबाट कम्पनीले गति लिईसकेको र आउने बर्षहरुमा कम्पनीले अझै प्रगती गर्ने कुरामा आफू विश्वस्त रहेको बताउंदै छोटो समयमानै कम्पनीले नेपाली बीमा बजारमा अग्रणी कम्पनीको रुपमा आफनो स्थान सुरक्षित गर्नेछ भनि जानकारी दिनुभयो । त्यसै गरी ग्राहक महानुभावहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गरिरहेको पनि जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले आइएमई जनरल इन्स्योरेन्स लि. को नामबाट सेवा प्रारम्भसंगै निम्न सेवा थप गरी ग्राहक महानुभावहरुलाई सहज बीमा सेवा प्रदान गर्ने प्रण गर्नुभयो ः
१. कम्पनीको प्रधान कार्यालय नक्शाल काठमाण्डौंबाट ३६५ दिन नै बीमा सेवा प्रदान गर्ने ।
२. नयां प्रोडक्टः भ्हतभलमभम ध्बचचबलतथ पोलिसी जारी गर्ने ।
३. नयां प्रोडक्टः साइवर पोलिसी जारी गर्ने ।
४. नयां प्रोडक्टः बैंकएसुरेन्स पोलिसी जारी गर्ने ।