राजनीति

युट्युब मार्फत प्रकाशमानको भोट माग्दा रत्नराज्यकी प्रिन्सिपल गीता……..

काठमाडौं, मंसिर ७ । निर्वाचन आयोगले रत्नराज्य उच्च माध्यमिक विद्यालय, वानेश्वर, काठमाडौंका प्राचार्य डा. गीता शिवाकोटी खरेलसँग दुई दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दलको निर्वाचन प्रसारप्रसारमा सहभागी भएका कारणले उनलाई आयोगले स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

आयोगले उनीसँग सोधेको स्पष्टीकरण पत्रमा भनिएको छ : ‘‘प्रस्तुत विषयमा तपाईले सामाजिक सञ्जाल युट्यूवमार्फत काठमाडौं क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार  श्री प्रकाशमान सिंहको पक्षमा मत मागिरहेको श्रव्यदृश्यसहितको सूचना आयोगमा प्राप्त हुन आएको छ । यहाँजस्तो सार्वजनिक पदमा रहेको व्यक्तिले यसरी कुनै दल वा उम्मेदवारको पक्षमा मत माग्ने कार्य निर्वाचन आचार संहिताविपरीत देखिएको हुँदा तपाईलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेवापत कारबाही किन हुनु नपर्ने हो ? पत्र प्राप्त भएको मितिले २ (दुई) दिनभित्र स्पष्टीकरण पेश गर्नु हुन निर्देशानुसार अनुरोध छ ।’’

-निर्बाचन आयोगद्वारा स्पष्टिकरण सोधिएकी रत्नराज्य स्कुलकी प्राचार्य प्रा.डा. गीता खरेल