राजनीति

प्रधानमन्त्री देउवा निधिलाई भेट्न अस्पतालमा, के–के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार चाबहिलस्थित ओम अस्पताल जानु भई त्यहाँ उपचाररत नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई भेट गरी उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिए ।

चुनावी कार्यक्रममा व्यस्त भएका समयमा श्वास फेर्न अप्ठ्यारो भएपछि नेता निधि मंसिर ४ गते सो अस्पतालमा भर्ना भएका थिए । काँग्रेसका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा निधिले धनुषा क्षेत्र नं ३ बाट आफ्नो उम्मेदवारी दिएका छन् ।

नेता निधिको स्वास्थ्यमा सुधार हुँदै गएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । उनको उपचारमा छाती रोग विशेषज्ञ सुवोधसागर ढकाललगायत रहेका छन् ।