पु.समाचार

केपी ओलीको आरोपलाई प्रधानमन्त्री देउवाले दिए कडा जवाफ !

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिलाई लिएर कडा आलोचना गरेका छन् । केही दिनयता उम्मेद्वारहमाथि भैरहेका श्रृंखलबाद्ध आक्रमणको विषयमा अध्यक्ष ओलीले गरेका टिप्पणीबारे सभापति देउवाले खण्डन गरेका हुन् ।

ओलीले बम आक्रमणमा विप्लव नेतृत्वको नेकपा र सरकारको साँठगाँठमा त्यस्ता आक्रमण हुने गरेको भन्ने टिप्पणी केही दिन अघि गरेका थिए । प्रधानमन्त्री देउवाले ओलीको उक्त टिप्पणीप्रति कडा खण्डन गर्दै त्यस्तो संकेत नगर्न कडा चेतावनी दिए ।

बुधबार प्रधानमन्त्री निवास बालुवटार पुगेको पत्रकार महासंघको प्रतिनिधिमण्डलसँग देउवाले भने, ‘मैले बम पड्काएको हो र ? मलाई आरोप लगाउने ?’ केही दिनयता भएका श्रृंखलाबद्ध बम आक्रमणमा एमाले नेताहरुले आफ्ना नेताहरु केन्द्रीत आक्रमण भएको भन्दै आलोचना गरिरहेका थिए ।

ती टिप्पणी बाहिर आएलगत्तै कांग्रेस नेता रामशरण महत लगायतलाई निशाना बनाइएपछि एमाले नेताहरुले उम्मेद्वारको सुरक्षाको माग गर्दै आएका छन् ।