खेलकुद

लियोनल मेस्सीले पनि जिताउन सकेनन् बार्सिलोनालाई

एजेन्सी । च्याम्पिनयस लिगको समूह चरणको खेलमा बार्सिलोनाले गोलरहित बराबरी खेल खेलेको छ । टुरिनमा युभेन्ट्सविरुद्धको खेलमा स्टार लियोनल मेस्सी बेञ्चमा राखिएका थिए ।

त्यसलगत्तै उनको प्रवेशले समेत बार्सिलोनलाई जितको संघारमा पुर्याउन सकेन । अन्तिम चरणको १६ मा भने बार्सिलोनाले आफ्नो स्थान बनाउन सफल भएको छ ।

बुधबार राती भएको सो खेलमा बार्सिलोना र युभेन्टस्बीच प्रतिस्पर्धा भएको थियो । यसअघि बार्सिलोनाले अक्टोबरमा ओलम्पिकासविरुद्ध बराबरी खेलेको थियो ।

यो खेलमा भने बार्सिलोनाले थुप्रै अवसरहरु सुजना गरेपनि अन्तिममा बराबरीमा यात्रा टुंगिएको थियो । खेलमा बार्सिलोनाको ११ अंक र युभेन्टस्को ८ अंक रहेको छ ।