विशेष

गगन थापाद्धारा कृषि अनुदान नलिएको स्पष्टोक्ति, केशव स्थापितको आरोप यसरी भयो झुटो प्रमाणीत

प्याक्टले भन्यो, गगनको कम्पनीले एक रुपैया पनि लिएको छैन

काठमाडौं । काँग्रेस नेता गगनकुमार थापाले कृषी सम्वन्धी अनुदान लिएर अनियमितता गरेको भन्दै एमालेका नेता कार्यकर्ताहरुले गरेको प्रचार गलत भएको तथ्य फेरी सार्वजनिक भएको छ ।
यसअघि पनि यस्तै प्रचार गर्ने केही व्यक्तिहरुलाई तथ्यहिन गलत प्रचार गरेको अभियोगमा प्रहरीले कारबाही गरेको थियो ।
काठमाडौं महानगरका पूर्व मेयर तथा एमाले नेता केशव स्थापितले बाख्रा पालनका लागि भन्दै थापाले व्यवसायीक कृषि आयोजना केन्द्र (प्याक्ट) मार्फत् अनुदान लिएको तर बाख्रा पालन नगरेको भन्दै प्रचार गरेका थिए ।
स्थापित जस्तो जिम्मेबार व्यक्तिले गैरजिम्मेबार प्रचार गरेको र त्यसैलाई आधार बनाएर केही संचार माध्यमहरुले गलत समाचार सामग्री बनाएको भन्दै प्याक्टले आज ९मंगलबार० प्रेस विज्ञप्ती नै प्रकाशित गरेर स्थापितले गलत प्रचार गरेको स्पष्ट पारेको हो ।
थापा अध्यक्ष रहेको सुनखानी एकिकृत कृषि केन्द्र माहांकाल काठमाडौले गुणस्तरीय मासु उत्पादन तथा बजारीकरण उपआयोजना सञ्चालन गर्न प्याक्टसँग सम्झौता गरेको भएपनि कुनै रकम भने भुक्तानी नगरिएको विज्ञप्तीमा उल्लेख छ ।
केन्द्रको तर्फबाट अनुदान पाउने बेलामा केन्द्रका अध्यक्ष थापा संसदको कृषी तथा जलश्रोत समितिको सभापतिमा निर्वाचित भएपछि केन्द्रले अनुदान लिन अस्विकार गरेको प्याक्टले जनाएको छ ।
समितिले नै अनुगमन गर्ने आयोजनाबाट अनुदान लिदा कार्य सम्पादनमा असर पर्ने र स्वार्थ बाझीने भएकाले अनुदान लिन अस्विकार गरिएको निवेदन थापाको संस्थाले २०७२ साल मंसीर २८ गते प्याक्टमा दिएपछि अनुदान रद्ध भएको थियो । अनुदान रद्ध भएसँगै त्यही बर्षको फागुन १९ गतेको पत्र अनुसार उपआयोजना पनि बन्द गरिएको थियो ।
त्यसैगरी फर्पिङमा कुरिलो उत्पादन तथा गोल्फुटारमा एच एण्ड एच मिट सप सञ्चालनका लागि पनि आयोजनाबाट कुनैपनि अनुदान तथा सहयोग उपलब्ध नगराइएको प्याक्टले स्पष्ट पारेको छ ।
आजै थापाले पनि सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेको भिडियो सन्देशमा आफु कमजोर धरातलमा नउभिएको स्पष्ट पार्दै त्यस्ता आरोप लगाउनु अगाडी हजार पटक सोच्न र पत्याउनु अगाडी लाख पटक सोच्न आग्रह गरेका छन् । काठमाडौ क्षेत्र नं। ४ मा काँग्रेसका तर्फबाट प्रतिनिधि सभाका उम्मेदबार थापाले आफ्नो पहिलो चुनावी सभामा पनि आफ्ना विरुद्धमा अनेकौ भ्रमक समाचार आउने भएकाले त्यसको पछि नलाग्न आह्वान गरेका थिए ।
आफुले कक्षा दश देखि नै ट्यिसन पढाउने, रेडियोमा कार्यक्रम चलाउने लगायतका अनेक व्यवसाय गर्दै आईरहेको स्पष्ट पार्दै २०६७ देखि आफुले कृषि व्यवसाय सुरु गरेको उनले जानकारी दिएका छन् ।
आफ्नै लगानीमा चार जनाले सुरु गरेको सुनखानी एकिकृत कृषि केन्द्रले अहिले सम्म कसैको एक रुपैया वा एक पैसा पनि नलिएको नेता थापाले दावी गरेका छन् । उनले नुवाकोटमा गरेको अनुभव र सिकाईका आधारमा त्यस व्यवसायलाई चितवनमा विस्तारित रुपमा संचालन गर्न लागिएको बताएका छन् ।
राजनीति गर्ने व्यक्तिले आफ्नो खर्च चलाउनका लागि कुनै न कुनै व्यवसाय गर्नु पर्छ भन्ने मान्यताका साथ आफुले विभिन्न पेशा व्यवसाय गर्दै आईरहेको र अरुलाई पनि त्यसमा प्रेरित गर्ने गरेको थापाले भिडियोमा भनेका छन् ।
भ्रमणपुरर्ण समाचारका आधारमा राजनीति गर्न खोज्ने एमाले उम्मेदबार केशव स्थापितलाई मतदाताले राम्रोसँग हिसावकिताव गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
प्रपोगण्डा मच्चाउन माहिर एमाले नेता स्थापित यसअघि पनि यस्तै झुट र भ्रामक प्रचार गर्ने गरेको आफैले बताएका थिए ।
मदन भण्डारीको निधनपछि एमालेको तर्फबाट उम्मेदबार भएकी विद्यादेवी भण्डारीलाई आफैले सेतो साडीमा रातो छर्कन लगाई काँग्रेसले छर्केको भनेर भ्रमण प्रचार गरेको उनैले केही समय अगाडी बताएका थिए ।
चुनाव जित्नका लागि जे पनि गर्नु पर्छ भन्ने मान्यता राख्ने स्थापितलाई एमालेकै नेताहरुले उपयोग मात्रै गर्ने तर जिम्मेबारी दिन भने डराउने गरेका छन् ।


थापालाई लगाएको आरोप गलत पुष्टी भएपछि उनले माफी माग्नु पर्ने आवाज उठेको छ भने सामाजिक संजालमा उनलाई “हावादारी गफाडी”को संज्ञा दिएको छ ।