आर्थिक

आइएमईका व्यवसायीक साझेदार रारा भ्रमणमा

काठमाडौं । आफ्ना दशजना उत्कृष्ट व्यवसायीक साझेदारहरुलाई आइएमईले सुदुरपश्चिमस्थित मुगुमा अवस्थित रारा तालको भ्रमण गराएको छ । आठ दिवसीयउक्त भ्रमणमा आर्थिक वर्ष २०७३/७४ मादिइएको व्यवसायीक साझेदारमूखि ब्यापार प्रवद्र्घनात्मक कार्यक्रम अन्तर्गत उत्कृष्ट दशव्यवसायीक साझेदारहरुलाई छनोट गरिएको थियो ।

मुलुकको आन्तरिक पर्यटनमा टेवापुगोस् भन्ने उद्देश्यका साथआफ्नै देशभित्रको गन्तब्य निर्धारण गरि भ्रमण गराइएको हो । भ्रमण टोलीको नेतृत्व आइएमईका अधिकृतद्घय इश्वर अधिकारी र रमेश बुढाथोकीले गरेका थिए ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६० आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,८०० सयभन्दा बढी सव–एजेन्ट र बैंकतथावित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।