पु.समाचार

सेना परिचालनको तयारीमा सरकार

काठमाण्डौ । स्थानीय तह निर्वाचनको तुलनामा हिंसात्मक घटना बढेपछि यसपटक नेपाली सेनालाई सक्रिया बनाउने तयारी थालिएको छ। यसअघि सेनालाई पेट्रोलिङको जिम्मेवारीमात्र थियो। तर यो चुनावमा भने सयुक्त गस्ती टोलीको नेतृत्व दिने तयारी रहेको छ। आजको कान्तिपुर दैनिकमा खबर छ।

निर्वाचनको मुखमै हिंसात्मक घटना हुन थालेपछि निर्वाचन आयोगनले सुरक्षा निकायका प्रमुखहरुसँग गम्भिर चासो व्यक्त गरेको छ। निर्वाचन विथोल्न उद्देश्यले विभिन्न ठाउँमा घटना गराइएको र यो अवस्था कसरी आयो, कहाँकहाँ आयो भनेर समिक्षा भएको निर्वाचन आयुक्त सुधिरकुमार शाहले जानकारी दिए।

सयुक्त गस्ती टोलीको नेतृत्वसँगै आवस्यकता अनुसार सेनाले हवाई पेट्रोलिङसमेत गर्ने उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजकसमेत रहेका शाहले बताए।