मनोरञ्जन

सुटिङका क्रममै शुष्मा कार्की अस्वस्थ, नोबेलमा भर्ना

काठमाण्डौ । शत्रु गते नामक फिल्मको सुटिङको क्रममा बरिष्ठ कलाकार एवम् समाजसेवी शुष्मा कार्की बिरामी परेकी छन् । फिल्म सुटिङ सकेर घर फर्किएलगत्तै कलाकार कार्की अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी थिइन् ।

फिल्म सुटिङका क्रममा प्रेसर हाई भएपछि काठमाण्डौस्थित नोबल अस्पतालमा उनी भर्ना भएकी हुन् ।

भक्तपुरको बालकोटस्थित रोज भिलेजमा आयोजित सुटिङ कार्यक्रम लगत्तै उनी अस्पताल भर्ना भएकी थिइन् । नायक भुवन केसीका छोरा अनमोल केसीले अभिनय गरेको ड्रिम फिल्ममा समेत अभिनय गरेकी शुष्माले दर्जनौ फिल्ममा अभिनय गरिसकेकी छन् ।

ड्रिम फिल्म नेपालको सुपरहिट फिल्म हो । अहिले सुटिङ भैरहेको शत्रु गते भने बरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्माण गर्न लागेका हुन् ।