प्रवास

एनआरएनए शंखमुल परियोजनाको अवलोकन

काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक प्रतिनिधि मण्डलले संघको निर्माणाधिन शंखमुल पार्क परियोजनाको स्थलगत अवलोकन गर्‍यो ।

यस परियोजनाको हाल सम्मको कार्य बारे ठेकेदार र परामर्शदाता संग जानकारी लिइएको थियो । परियोजना अन्तर्गत निर्माण गरिने बगैंचा लगायत निर्माणका सबै कार्य उच्च गुणस्तरको, राम्रो र थप आकर्षक बनाउन संघका प्रतिनिधिहरुले जोड दिएका थिए । त्यस क्रममा परियोजनालाई सकेसम्म समयमा नै सम्पन्न गर्न ठेकेदार पक्षलाई निर्देशन दिइएको थियो ।

संघमा नयाँ कार्यसमितिले कार्यभार सम्हाले पछि पुराहुन बाँकी परियोजनाहरुको काम सम्भव भएसम्म छिटो सम्पन्न गर्न र नयाँ कार्यक्रमहरु अघि बढाउन तदारुकता देखाएको छ ।

शंखमुलको निर्माणाधिन परियोजनाको सन् २०१७ नोभेम्वर १८ का दिन भएको स्थलगत अवलोकनमा संघका अध्यक्ष भट्ट लगायत संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य तथा संघका अन्य पदाधिकारीहरु र सचिवालयका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।