राजनीति

निधि र महतोका कार्यकर्ताबीच झडप, महतोका कार्यकर्ता गम्भिर घाईते, उपचारका लागी काठमाण्डौ लाँदै

जनकपुरधाम । राजपाका युवा नेता प्रकाश मिश्रा माथि शनिवार अबेर राति सांघातिक आक्रमण भएको छ । धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेद्वार राजपाका नेता राजेन्द्र महतोको चुनाव प्रचारमा सहभागी भएर घर फर्किने क्रममा रमण चोक नजिकै मिश्रा माथि चक्कु प्रहार भएको हो ।

उनको पेटको देब्रे भागमा चक्कुलेछ । गम्भिर अवस्थाका उनलाई थप उपचारका लागि काठमणडौं ल्याईएको छ । घाईते मिश्राको अहिले नर्भिक अस्पतालमा उपचार भईरहेको छ । यसअघि जनकपुर अंचल अस्पतालमा उनको उपचार सम्भव नभएपछि काठमाण्डौं ल्याईएको हो । राजपा नेता महतोले जनकपुर अञ्चल अस्पताल पुगेर मिश्राको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

घाईते मिश्राले आफु माथि जीवनाथ चौधरीले आक्रमण गराएको बताएका छन् । मिश्राका पिताले संचारकर्मीहरुसंग कुरा गर्दै नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिका अति निकट मानिने जीवनाथ चौधरीले आफ्नो छोरामाथि आक्रमण गर्न लगाएको आरोप लगाएका छन् । जनकपुर अंचल अस्पताल परिसरमा मिश्रा परिवारले कांग्रेस पार्टीका नेता बिमलेन्द्र निधिको इशारामा जीवनाथ चौधरीले आक्रमण गराएको आरोप लगाए ।

अस्पताल पुगेका उद्योग वाणिज्य संघका प्रदेश अध्यक्ष तथा राजपा नेता शिवशंकर साह हिराले प्रकाश मिश्रा माथिको आक्रमण सम्पूर्ण पार्टी माथिको आक्रमण भएको बताए । उनले जनकपुरको प्रहरी प्रशासन नेपाली कांग्रेसको कार्यकर्ता जस्तै भएको बताउंदै यस आक्रमणको जवाफ दिन आफूहरु पनि सक्षम रहेको चेतावनी दिए ।