पु.समाचार

चुनावी मैदानमा ४८ पूर्व सांसद, यस्तो छ सबैको अवस्था

सप्तरी । आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा प्रदेश २ को ३२ स्थानका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवरामध्ये ४८ जना यसअघि सांसद भईसकेका हुन् ।

लोकतान्त्रिक गठबन्धनका २१, वाम गठबन्धनका १६ र मधेसी गठबन्धनका ११ जना उम्मेदवार यसअघि सांसद् भईसकेका राजनीतिज्ञ हुन् ।

प्रदेश २ मा लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र मधेसी गठबन्धनबाट ९५ जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् ।

आइतबारको नागरिकमा लेखिएको छ, प्रदेश २ मा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्ला छन् ।