आर्थिक

एभरेष्ट बैंकको बोर्ड आफ डाईरेक्टर बैठक सम्पन्न

काठमाण्डौ । एभरेष्ट बैंकको बोर्ड अफ डाइरेक्टर्स बैठकले २०७४ साल असार मसान्त सम्मको वार्षिक अडिट गरिएको वासलात र एनएफआरएस वासलात पारित गरेको छ ।
बैंकको केन्द्रीय कार्यालयको आफ्नै सभाहलमा बसेको बैठकले बैंकको चुक्ता पूँजी ८ अर्बभन्दा बढि पुर्याउनको लागि बोर्डले ३३ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गर्यो । ३३ प्रतिशत बोनस सेयर दिने निर्णय नेपाल राष्ट्र बैंक तथा आउँदो वार्षिक साधारण सभाबाट अनुमोदनपछि लागू हुने निर्णय गरेको छ ।
एभरेष्ट बैंक संस्थागत सामाजिक उत्तरदायित्व प्रति सँधै सजग हुँदै आएको बताउदै बैंकको आफ्नो २३ औं स्थापना दिवसमा देशैभरीका सबै शाखाहरुमा संस्थागत सामाजिक उत्तरदायित्व दिवसको रुपमा मनाईएको थियो ।
हाल, बैंकले व्यवसायीक तथा ससक्त बैंकिङ्ग सेवा आफ्ना देशभरका ६४ वटा शाखा संजाल, २ वटा बिस्तारीत काउन्टर, २८ वटा राजस्व संकलन काउन्टरहरु, ९४ वटा एटिएम तथा विश्वभरका कयौं प्रतिनिधिहरु मार्फत सेवाग्राहीलाई प्रदान गर्दै आएको छ । बैंकले छिटै आफ्ना १६ वटा नयाँ शाखाहरु र ५ वटा बिस्तारीत काउन्टरहरु खोल्दैछ ।