पु.समाचार

प्रधानमन्त्री देउवाको ७ नम्बर प्रदेशलाई कांग्रेसमय बनाउने यस्तो छ योजना !

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवा अहिले पश्चिम नेपालको चुनावी दौडाहामा रहेका छन् । विशेषगरी प्रधानमन्त्री देउवा कांग्रेसको पक्कड कायम राख्न प्रदेश नम्बर ७ मा केन्द्रीत भएका हुन् ।

सोही अभियानको सिलसिलामा शुक्रबार एकैदिन प्रधानमन्त्री देउवा बैतडी र दार्चुलाका सुगमदेखि विकट गाउँसम्मका चुनावी सभाहरुमा सम्बोधन गर्न पुगे । उनले एैकदिन ती जिल्लाका ४ वटा चुनाजी सभलाई सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री देउवाले चुनावीसभाहरुमा लोकतन्त्रको रक्षा र यस क्षेत्रको विकासलाई मुख्य एजेण्डा बनाएर मतदाताहरुसँग मत मागिरहेका छन् । यसका साथै प्रधानमन्त्री देउवाले भावनात्मक अभिव्यक्ति दिन समेत छुटाएका छैनन् ।

शुक्रवार बिहान प्रधानमन्त्री देउवाले दार्चुलाको सदरमुकाम खलंगा पुगेर आयोजित चुनावी सभालाई सम्वोधन गरे । उनी हेलिकोप्टरवाट पुगेका थिए । खलंगाको कार्यक्रम सकेपछि हेलिकोप्टरवाटै सदरमुकामवाट ८ घण्टाको सडक दुरीमा रहेको मार्मा क्षेत्रमा पुगेर चुनावी सभालाई सम्वोधन गरे ।

दार्चलाको चुनावी सभा सकेपछि बैतडीको दुर्गम क्षेत्र पुच्र्यौडी पुगेर मतदाता समक्ष आफ्ना एजेण्डा राखे । शुक्रवार नै मेलौरी पुगेर चुनावी सभालाई उनले सम्वोधन गरे।

वाम गठबन्धनले लोकतन्त्र खतरामा परेकाले फेरी एक पटक लोकतन्त्रको रक्षाको लागी नेपाली कांग्रेसको जीत आवश्यक रहेको भन्दै मतदातालाई मत दिन उनले आग्रह गरे ।

दार्चलाको सदरमुकाम खलंगामा सम्वोधन गर्दै उनले वाम गठबन्धनका कारण लोकतन्त्र खतरामा परेको बताए ।‘‘वामगठबन्धनका कारण लामो समयपछि प्राप्त लोकतन्त्र गुम्ने खतरा भएको छ । लोकतन्त्र बचाउन काग्रेसलाई जिताउन सवैमा आग्रह गर्छु’उनले भने।