राजनीति

जनताको ब्यापक समर्थन छ, पुष्पकमल दहाललाई भारी मतले हराउछु : बिक्रम पाण्डे

चितवन । वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले निर्वाचनपछि जिल्लामा विकासको लहर ल्याउने बताएका छन् ।

चितवन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका मन्त्री पाण्डेले जनताले विकासप्रेमी उम्मेदवार छान्नुपर्ने बताए । आफूले बाम गठबज्न्धनका उमेर्द्वार पुष्पकमल दहाललाई हराउने दाबी समेत पाण्डेले गरेका छन् ।

शुक्रबार पश्चिम चितवनको गोलाघाटबाट घरदैलो अभियान शुरु गर्नुभएका उनले त्यहाँ आयोजित चुनावीसभालाई सम्बोधन गर्दै चितवनका जनताका समस्या आफूले बुझेको भन्दै प्राथमिकता दिँदै विकासलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

भूमिहीनलाई पूर्जा वितरणका लागि यसअघि नै आफूले प्रक्रिया शुरु गरेको भन्दै उनले निर्वाचित भएलगत्तै त्यो कामलाई पूर्णता दिने बताए ।

गोलाघाट क्षेत्रलाई नेपालकै सुन्दर पर्यटकीय क्षेत्र बनाउन लागिपर्ने योजना उनले सुनाए । पोखराको लेकसाइड जस्तो नै पर्यटकको केन्द्रबिन्दु गोलाघाट हुने पाण्डेको भनाइ थियो । पर्यटक आवागमन बढाएर युवालाई स्वदेशमै स्वरोजगारको वातावरण मिलाउने योजना कार्यान्वयनमा ल्याइने उनले बताए ।

पूर्वअर्थमन्त्री पाण्डेको आर्थिक विकासको मोडेल

पूर्वअर्थमन्त्री एवं चितवन क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुरेन्द्र पाण्डेले नेपालको आर्थिक विकासको मोडेल प्रस्तुत गरेका हुन् ।

पूर्वी चितवनको भण्डारास्थित आफ्नै निवासमा आज पत्रकारसँग कुराकानी गर्दै पाण्डेले नेपालको अबको आर्थिक बाटो कस्तो हुन्छ र कसरी देशको विकास गर्न सकिन्छ भन्नेबारेमा विस्तृत योजना प्रस्तुत गरेका हुन् ।

एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका पाण्डेले प्रस्तुत गर्नुभएको मोडेलमा जमिनको उपयोग, शहर निर्माण, सडक तथा यातायात पूर्वाधार विकास, शिक्षा, खोज, अनुसन्धान र उद्यमशीलता, पर्यटन, जलविद्युत्, उद्योग क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ भन्ने रहेको छ ।

उनले काठमाडौँ–निजगढ द्रुतमार्ग र रेल्वे, काठमाडौँ–रेसुवागढी सडक र रेल्वे, मध्यपहाडी सडक, तराई हुलाकी सडक, कोशी करिडोर, मुस्ताङ–कालीगण्डकी करिडोर सडकलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए ।