पु.समाचार

केही वर्षअघि हंगामा मच्चाएको युनिटी काण्डका १२ जनाले पाए सफाई !

काठमाण्डौ । केही वर्षअघि आर्थिक रुपमा अराजकता अप्नाएको भन्दै हंगामा मच्चिएको युनिटी काण्डका नाइकेहरुलाई अदालतले सफाई सदएको छ । ठगी मुद्धाका आरोेपी १२ जनालाई ललितपुर जिल्ला अदालतले दोषी ठहर गरेको हो ।

युनिटी लाइफ इन्टरनेशनल लिमिटिडेका सञ्चालक र त्योसँग सम्बन्धित करिब एक दर्जन व्यक्तिहरुले सफाई पाएको जनाइएको छ । सो मुद्धाको फैसला न्यायाधीशद्वय दुर्गादत्त भट्ट र शेखेर पौडेलले गरेका थिए ।

न्यायाधीशद्वयको संयुक्त इजलासले मंगलबार युनिटी काण्डसँग सम्बन्धित बिनाइजाजत कारोबारका दुई तथा ठगी र राजश्व चुहावटसहित तीन मुद्धामा फैसला सुनाएको थियो । यद्यपि, सोही काण्डमा मुछिएका अन्य सात जनालाई भने कम्पनीको उद्धेश्यविपरित कामकारवाही गरेको भन्दै ६ महिना कैद र ५० हजार जरिवाना तोकेको छ ।

केही वर्षअघि जिल्ला अदालतले दोषी ठहर गरेपछि १२ जनामध्येका नौ जनाले पुनरावेदन गरेका थिए ।