राजनीति

राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरिरहेका छन् : नेता खाँण

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पार्टीको केन्द्रीय परिचालन समितिका संयोजक बालकृष्ण खाँणले नेपालको राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरेको आरोप लगाएका छन् ।

काँग्रेसको केन्द्रीय मिडिया सेन्टरद्वारा यहाँ आज आयोजित बुद्धिजीवीसँगको भेटघाट कार्यक्रममा नेता खाँणले मुलुकको कुनै एक भू–भागमा बस्ने नागरिकलाई अपमानित गरी विदेशीसँग जोडेर भड्काउँदा राष्ट्र झन कमजोर हुने बताए ।

उनले भने, “भौगोलिक, जातीय, सांस्कृतिक र धार्मिक विविधता बोकेको हाम्रो जस्तो मुलुकमा सबैलाई समेट्न सकेमात्र राष्ट्रियता बलियो हुन्छ ।” अतिवादी सोच र व्यवहारले मुलुकलाई विखण्डनतिर डो¥याउने खतरा रहेको औँल्याउँदै नेता खाँणले भने, “पार्टीको स्थापनाकालदेखि नै काँग्रेसले मुलुकको विविधतालाई समेटर सबै पक्षलाई जोड्ने काम गर्दै आएको छ ।”

कार्यक्रममा प्राध्यापक केशवानन्द गिरीले कम्युनिष्टको समाजवाद सम्पन्नलाई विपन्न बनाएर कायम हुने र काँग्रेसको लोकतान्त्रिक समाजवादले गरिबलाई सम्पन्न बनाएर समाजवाद कायम गर्ने बताए।

डा लोक भट्टराईले कम्युनिष्ट दलले ५० वर्ष शासन गर्ने सार्वजनिक गरेको अभिष्ट नै अधिनायकवादको जड भएको बताउँदै स्वतन्त्रताप्रेमी नेपाली जनता अधिनायकवादको पक्षमा जानै नसक्ने ठोकुवा गरे ।