पु.समाचार

चुनाबी प्रचारमा रहेको रामशरण महतको गाडीमा बम बिष्पोट, आधा दर्जन घाईते

त्रिसुली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्ब–अर्थमन्त्रीको निर्बाचन क्षेत्र नुवाकोटमा चुनाबी प्रचारप्रसारमा हिंडिरहेको गाडीमा बम बिस्पोट भएको छ । उक्त बम बिष्पोटमा परि प्रचारप्रसारमा हिंडिरहेका केहि काँग्रेस कार्यकर्ता घाईते भएका छन् ।
डा. महतलाई हत्या गर्ने मनशायले गरिएको बम बिष्पोटमा उनी भने सकुसल रहेको बताईएको छ । उपेन्द्र मिश्र, सबिन लामा, यशकुमार तामाङ र लीला घर्ती मगर लगायतका कार्यकर्ता सख्त घाईते भएका छन् । घाईतेहरुलाई अस्पताल लगिएको ससस्त्र प्रहरीका डीएसपी बासुदेब लोहनीले सुर्यखबरलाई बताए ।

आक्रमणमा परेको जीप भने ध्वस्त भएको छ । उक्त बम आक्रमण नेत्र बिक्रम भन्द बिप्लवले गरेको हुन सक्न स्रोतको दाबी छ ।