पु.समाचार

सरकारले आचारसंहिता नाघी कार्यकर्तालाई लाखौँ बाँडिएको आरोप

अछाम । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले अहिलेको सरकारले विभिन्न बहानामा पार्टी कार्यकर्तालाई लाखौँ रकम बाँडी आचारसंहिताको धज्जी उडाएको आरोप लगाएका छन् ।
रामारोशन गाउँपालिका वडा नं २ चाफामाण्डौँमा वाम गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै नेता रावलले निर्वाचनलाई असर पर्ने विभिन्न गतिविधि भइरहे पनि सरकार मौन रहेको र वाम गठबन्धन भएपछि अत्तालिएर नेपाली काँग्रेसले गठबन्धनविरुद्ध विभिन्न षड्यन्त्र गरिरहेको दोषारोपण गरे ।
पूर्वउपप्रधानमन्त्री रावलले अर्को प्रसङ्गमा पर्यटकीयस्थल अछामको रामारोशन क्षेत्रको विकासका लागि आफूले सधैँ अग्रमोर्चामा रहि भूमिका खेलिरहेको जिकिर गरे ।

सभामा नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य एवं समानुपातिक उम्मेदवार तारामान स्वारले अब देश चलाउने पालो वाम गठबन्धनको हो उनले भने ।