पु.समाचार

रुपातालको बृहत्तर विकासका लागि प्रतिवद्ध : मन्त्री थापा

पोखरा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले रुपातालको बृहत्तर विकासका क्रममा अधिग्रहण हुने जग्गाको उचित मुआब्जा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

कास्की क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहुनभएका मन्त्री थापाले पोखरा लेखनाथ महानगरपालिका वडा नं ३१ मा आज घरदैलो गर्दै चलनचल्ती अनुसारकै मुआब्जा उपलब्ध गराउने कुरामा ढुक्क रहन सम्बन्धित पक्षसंग आग्रह गरे ।

रुपातालको संरक्षण र विकासका लागि अघिल्लो वर्षदेखि एकीकृत रुपाताल विकास परियोजना सञ्चालन भएको बताउँदै उनले यसका लागि पहिलो चरणमा झण्डै रु चार अर्ब बजेट परेको जानकारी दिए ।

वेगनास–भोर्लेटार सडक र सात ताल जोड्ने लिंकरोड निर्माण गर्न प्राथमिकताका साथ अगुवाइ गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री थापाले पचभैयास्थित निर्माणाधीन चिडियाखाना पनि पूरा गर्ने दायित्व आफूले लिने धारणा व्यक्त गरे ।