राजनीति

काठमाण्डौ-१ मा काँग्रेस वीपीको अभियान तीब्र प्रदेश ‘क’ का उमेर्द्वार लामा भन्छन्, ‘चुनाब जित्छु’

काठमाण्डौ । मंसिर २१ गतेबाट सम्पन्न हुन लागेको संसदीय निर्बाचनका लागि काठमाण्डौ क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभामा उमेर्द्वारी दिएका काठमाण्डौका पुराना काँग्रेस नेता हरिबोल भट्टराईले नेपाली काँग्रेस बीपीबाट आफ्नो घरदैलो अभियान तीब्र पारेका छन् ।
नेपाली काँग्रेसका पूर्बमहामन्त्री तथा शक्तीशाली नेता प्रकाशमानसिंहको तीब्र बिरोध गरिरहेका भट्टराईले प्रदेश ‘क’ मा नेबिसंघका प्रभाबशाली नेता अन्जान लामालाई उमेर्द्वार बनाएका छन् । काँग्रेसबाट प्रदेश ‘क’ का लागि दिपेन्द्र श्रेष्ठ उमेर्द्वार छन् । भने प्रदेश ‘ख’ मा भने तरुण दलमा सकृय रहेका माहाधिवेसन प्रतिनिधि सुरजचन्द्र लामिछानेको विजय निश्चित प्राय: देखिन्छ ।

लामिछाने असल नियतका भएका र बीपी काँग्रेसको समेत उक्त प्रदेशसभामा उमेर्द्वारी नभएका कारण केहि सहज हुने प्रदेश ख का कार्यकर्ताहरु कार्यकर्ताहरुको आंकलन छ ।  नेकपा एमाले गठबन्धनकी बिष्णु कुमारी भुषालले उमेर्द्वारी दिएकी छन् ।  नेकपा एमाले गठबन्धनकी बिष्णु कुमारी भुषालले उमेर्द्वारी दिएकी छन् । गणेशप्रसाद दुलालले ‘ख’ बाट उमेर्द्वारी दिएका छन् ।

केहिदिन अगाडीदेखी मत माग्न बानेश्वरका गल्ली गल्ली हिंडेका प्रदेश उमेर्द्वार लामा आफूले प्रदेशको सांसदमा विजय हाँशिल गर्ने दाबी गर्छन्, देश बिदेशमा समेत राम्रो सम्बन्ध भएका  लामा बिद्यार्थी स्थानीय मतदातासंग लोकप्रीय मानिन्छन् ।  स्थानीय एक काँग्रेस कार्यकर्ताका अनुसार उमेर्द्वारको मत राम्रो आउने हुंदा जतिनै असन्तुष्टी भएपनि क्षेत्र नम्बर-१ का सबै काँग्रेस उमेर्द्वारको विजयी हुने आँकलन गर्छन् ।