आर्थिक

डा.शशांकका अगाडि शासत्वधाम सम्झिंदै विनोद चौधरीले खाए यस्तो कसम !

नवलपरासी । बुधबार नवलपरासीको उद्योगग्राम अगाडि एउटा भव्य चुनावी कार्यक्रमको आयोजना गरिएको थियो । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ अन्तगएत पर्ने सो उद्योगग्राम प्रांगणको कार्यक्रममा प्रमुख अतिथिको रुपमा थिए नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला । डा. कोइरालासहित त्यहाँ अतिनै महत्वपूर्ण पात्रहरु समेत उपस्थित थिए ।

नेपालका औद्योगिक क्षेत्रको पहिलो घरनिया चौधरी ग्रुपका नेतृत्वकर्ता विनोद चौधरी लगायतका व्यक्तित्वहरुको उपस्थितिले त्यहाँको कार्यक्रमलाई थप महत्वपूर्ण बनाइरहेको थियो, किनभने उद्योगग्राम र त्यसको निर्माण अनि नवलपरासी जिल्ला र त्यसवरिपरिका क्षेत्रमा त्यसको लामो प्रभाव । कार्यक्रममा मन्तव्य राख्ने पालो उनै उद्योगपति विनोद चौधरीको आयो ।

उनले मन्तव्यको सुरुमै महामानव वीपी कोइरालाको नाम लिए र सोही क्षेत्रबाट चुनाव लड्दै गरेका वीपीपुत्र शशांकलाई न्यायो स्वागत गरे । बुधबारको यो कार्यक्रममा विशेषगरी चौधरीलाई किन जोड्न खोजिएको हो भने उनको ठूलो योगदानले निर्माण भएको उद्योगग्राम र त्यसको निर्माणका लागि खचिएको श्रम र पसिनाको बारेमा उनले त्यहाँ लामो कथा सुनाए ।

केही दिनअघि मात्र नेपाली कांग्रेसमा प्रवेश गरेका चौधरी सो पार्टीको तर्फबाट समानूपातिक कोटामा परेका उम्मेद्वार समेत हुन् ।उनले मुलुकको आर्थिक समृद्धिको सपना साकार पार्ने हो भने नवलपरासीमा आजभन्दा पच्चिस वर्षअघि उनैको नेतृत्वमा निर्माण त्यो खालका उद्योगग्रामहरु निर्माण गरी यो क्षेत्रलाई औधोगिक क्षेत्रकै रुपमा विकास गर्नुपर्नेमा जोड दिइरहेका थिए ।

त्यतिमात्र होइन चौधरीले यहाँ अब शास्वत धाम समेत खुलिसकेकोले यसको उपयोगमार्फ आर्थिक समृद्धिको यात्रा तय गर्न सकिने र त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्नेमा जोड दिए । यसलाई नेपालको नयाँ गन्तव्यस्थानमा रुपमा विकास गर्नुपर्नेमा जोड दिए । यसअघि चौधरी उद्योगग्रामको रुपमा चिनिदै आएको यो क्षेत्र अब शास्वतधामको रुपमा चिनिन लागेको समेत उनले बताए ।

यसअघि २०६४ सालको चुनावमा आफु चार वर्ष सभासद हुँदा पनि त्यसबेला आफुले नवलपरासीलाई नमुना जिल्ला बनाउनमा निकै प्रयास गरेको उनले बताए ।

शशांकलाई चौधरीको विशेष आग्रह
कार्यक्रममा उपस्थित डा.कोइरालाप्रति विशेष आग्रह गर्दै चौधरील मुलुकको विकासमा कायापलट ल्याउने हो भने यो देशमा एउटा स्थायी सरकार र स्पष्ट दृष्टिकोण भएको नेताको आवश्यक भएको बताए । त्यसले मात्र मुलुकको समृद्धिको यात्रा तय हुने उनले बताए । उनले कांग्रेसले लोकतन्त्रप्रतिको लडाई जारी राखेको बताउँदै यसलाई निरन्तरता दिन पनि नेताहरुलाई आग्रह गरे । उनले विश्वमा ठूलो स्केलको विकास भएको बताउँदै त्यो लोकतन्त्रमा मात्र सम्भव भएको स्पष्ट पारे ।

उनले डा.शशांक कोइरालाजस्ता नेताहरुको नेतृत्वमा रहेको पार्टी कांग्रेसको नेतृत्वमा यो सम्भव भएको बताए । डा.कोइरालाका पछिल्ला दिनको मन्तव्यहरु आफुले सुनिरहेको बताउँदै उनले गर्न सक्ने कामका कुरा मात्रै गर्दै हिडेको भन्दै कोइरालाको निकै प्रशंसा गरे । कोइरालाको प्रशंसा गरेलगत्तै हल तालीले गुञ्जिएको थियो । डा.कोइरालाहरुलाई आफुहरुको साथ र यसैगरी समय मिलाउने हो भने मुलुकभरिनै यस्ता उद्योगहरु खुल्न सक्ने बताए ।

शासत्वधामको कसम खाँदै यस्तो प्रतिबद्धता !
आफुले गरेका अहिलेसम्म अनुभवहरुलाई राष्ट्रियस्तरमै उपयोग गर्न सक्ने भन्दै यसअघि नवलपरासीको विकासका लागि निर्माण गरिएको खाकालाई पनि त्यसमा जोडनुपर्ने बताए । आफुहरुले अबको पाँचवर्षभित्र नवलपुरलाई विकासको एउटा नयाँ चरणमा पुर्याएर छाड्ने कुरा उनले शास्वतधामको कसम खाएर प्रतिबद्धता व्यक्ति गरे ।

उनले भने, मेरा मनमा यो कुरामा कुनै दुविधा छैन । नेपाली कांग्रेसमा लामो समय काम गरेका र अनुभव गरेका साथीहरु अगाडि देख्दैछु । यो कुरा सम्भव छ । यसमा यहाँहरु सबैको साथ चाहिन्छ ।