खेलकुद

भारतीय टिममाथि एपिएफको प्रहार

झापा । झापामा जारी सताक्षी गोल्डकप प्रतियोगितामा विभागीय टिम एपिएफ क्वार्टफाइनलमा प्रवेश गरेको छ प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबले भारत मध्यप्रदेशको डायमण्ड अफ फुटबल एकेडेमीलाई शून्यका बिरुद्ध ४ गोल गर्दै क्वार्टफाइनलमा प्रवेश गरेको हो ।

सताक्षी स्पोर्टिङ क्लबद्वारा आयोजित दोश्रो सताक्षी गोल्डकपको दोश्रो दिन भएको प्रतियोगितामा सो प्रतिस्पर्धा भएको हो । जीतसँगै एपीएफले बाइ पाएको त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेलको ३१ औं मिनेटमा रुपबहादुर लामाले गोल गर्दै एपिएफलाई अग्रगता दिलाएका थिए । नविन लामाको कर्नर प्रहारमा लामाले हेड मार्फत गोल गरेका थिए ।

पहिलो हाफ १–० ले अगाडि एपिएफले दोश्रो हाफ आक्रमक खेलेको थियो । दोश्रो हाफको २४ औं मिनेटमा श्याम नेपालीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३२ औं मिनेटमा रञ्जन विष्टले गोल गर्दै एपिएफलाई ३–० को अग्रता दिलाएका थिए ।