आर्थिक

सुनसरी ४ को विकासका लागि प्रतिबद्ध छु : नेता कार्की

इनरुवा । नेपाली काँग्रेसका नेता एवं सुनसरी क्षेत्र नं ४ का उम्मेदवार ज्ञानेन्दबहादुर कार्कीले यस क्षेत्रको विकास आफूबाहेक कसैले गर्न नसक्ने दाबी गरेका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा बुधबार साँझ राससकर्मीसँगको कुराकानीमा उहाँले यस क्षेत्रको सबै समस्याको पहिचान आफूले गरिसकेकाले यहाँको विकास गर्ने जिम्मा आफ्नो भएको बताए । यस क्षेत्रका सडक, सिँचाइ, आरक्ष, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको समस्या समाधान गर्नका लागि जनताले आफूलाई जिम्मेवारी दिनुपर्ने उनको भनाइ थियो ।

अर्थमन्त्रीसमेत रहनुभएका कार्कीले यहाँका जनताले आफूलाई एक पटक निर्माणको काम पूरा गर्नका लागि जिम्मेवारी प्रदान गरे पूरा गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।