पु.समाचार

मोरङ-२ मा फर्काउला त कांग्रेसले कोइराला परिवारको विरासत ?

मोरङ । मोरङमा नेपाली कांग्रेस आफ्नो पार्टीको संस्थापक टिमको रुपमा चिनिने कोइराला परिवारको विरासत फर्काउन चाहान्छ । वाम गठबन्धन जित दोहोर्याउने दाउमा रहेको छ । दुवै दलको आक्रामक चुनावी रणनीतिले मोरङ–२ को चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ ।

प्रतिनिधिसभातर्फका कांग्रेस उम्मेद्वार तथा पार्टीका केन्द्रीय सदस्य मिनेन्द्र रिजाल बिहानैदेखि मम माग्न घरदैलो धाइरहेका छन् । बिहीबारको कान्तिपुरमा लेखिएको छ, कोइराला परिवारको विरासतको रुपमा मानिदै आएको यो क्षेत्र दोश्रो संविधान निर्वाचनमा कांग्रेसले गुमाएको थियो । इतिहास भने कांग्रेसको पक्षमा बढी ढल्किएको छ ।

बुधबार मंगलबारे बरडंगाको चुनावीसभा भेटिएका रिजालले एक कार्यकाल कांग्रेसको हातबाट फुत्किएको यो क्षेत्र पाँच वर्षमा विकास निर्माणमा पछि परेको दाबी गरे ।

त्यसअघि गिरिजाप्रसाद र आमोदले सुरु गरेका विकास निर्माणका योजना अलपत्र परे, उनी मतदातासँग भन्दै थिए, पाँच वर्षम यो क्षेत्रमा सांसद विकास कोषको बजेट बाहेक अरु बजेटै भित्रिनै सकेन, यस क्षेत्रको समग्र विकासका लागि केन्द्रीय स्तरको नेतृत्वको पहलमा थप बजेट ल्याएर समृद्धि ल्याउने आवश्यक छ । सो क्षेत्रमा रिजालसँग वाम गठबन्धनका ऋषिकेश पोख्रेलले प्रतिस्पर्धा गरिरहेका छन् ।