पु.समाचार

केपी र प्रचण्डद्वारा पहिलोपटक एउटै मञ्चबाट चुनावी सभालाई सम्बोधन, गरे यस्तो आहवान्

पालुङटार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधवार गोरखामा एउटै मञ्चबाट भोट मागेका छन्। पहिलो पटक एउटै मञ्चमा चुनावी कार्यक्रममा सहभागी भएका उनीहरुले बाम गठबन्धनका उमेदवारलाई जिताउन गोरखाबाट संयुक्त चुनावी सभा गरेको बताए।

कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले चुनाव लगत्तै पार्टी एकता हुने भएकाले कुनै दुविधा नराख्न कार्यकर्तालाई अुनरोध समेत गरे। एमालेले गोरखामा प्रदेश १ को ख मा मात्रै उमेद्वार उठाएको प्रशंग जोड्दै उनले भने ‘कुन पार्टीको उमेद्वार भयो भनेर हेर्ने होइन, चुनाबपछि त हामी एकै पार्टी हौँ।’

उनले कार्यकर्तालाई भोट हाल्न उत्साहित गर्दै गोरखा २ को पालुङटारमा आयोजित चुनावी सभामा बोल्दै भने। स्थिरता र स्थायीत्वका लागि बाम गठबन्धन भएको प्रष्ट्याउँदै वलीले देश धेरै पछाडी परेकाले बामपन्थी एकताले बिकास तर्फ उन्मुख गराउने तर्क गरे।

गठबन्धनको चर्चा गर्दै सोही मञ्चबाट दाहालले गठबन्धनपछि देशमा उत्साहको लहर आएको तर्क गरे। आफुले गोरखाबाट जनयुद्ध सुरु गरेको स्मरण गर्दै उनले भने ‘जनयुद्धमा पनि गोरखाको लगानी छ, गत निर्वाचनहरुमा पनि गोरखाले इतिहास कायम राख्यो अब पनि इतिहास राख्नेछ।’ नेपाली कांग्रेसलाई दक्षिणपन्थीको संज्ञा दिँदै उनले बाम गठबन्धनको एकतापछि काग्रेसका नेताहरुको निद खलबलिएको बताए भन्दै बिहीबारको नागरिकमा समाचार लेखिएको छ ।

बाम गठबन्धन गोरखाले आयोजना गरेको चुनावी सभामा सहभागी हुन फरक फरक हेलिकप्टर चढेर आएका दुई नेतालाई बुधवार दिनभर कार्यक्रममा भाषण गर्न भ्याई नभ्याई भयो । गोरखा २ को भच्चेक, पालुङटार र १ को दर्बुङ, आरुघाटमा आयोजित चुनावी सभामा सहभागी भएर उनीहरु फर्केका हुन् ।