पु.समाचार

केपी ओलीले गरे विप्लवविरुद्ध यति अनौठो व्यंग्य

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय उम्मेदवार आक्रमणमा सक्रिय नेपाल कम्युनिष्ट पार्टीका मुख्य नेता नेत्रविक्रम चन्दप्रति व्यंग्य गरेका छन्। बुधबार साँझ आयोजना गरिएको विशेष पत्रकार सम्मेलनमा बोल्दै उनले सत्तारुढ दलको संरक्षमा विप्लवले बितन्डा मच्चाइरहेको उनको आरोप थियो।

‘विप्लव भाइलाई म अलिकति सम्झाउन चाहान्छु। युवा छौ, बलिया छौु, महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कविताको एउटा हरफ स्मरण गर्दै उनले भने, बाटो नभएको ठाउँबाट एउटा बिरामी काँधमा बोकेर अस्पताल पुर्‍याइदियौ भने तिमीले जिन्दगरीभरी गरेको भन्दा ठूलो काम हुन्छ बाबु।’

बिहीबारको नागरिकमा लेखिएको छ, ओलीले विप्लवलाई सत्ताको ुसिखन्डीु भन्न भ्याए। ‘कहाँ अर्काका लागि सिखण्डी भएका छौ ड्याङ ड्याङ डुङ डुङ गरेका छौ बेकार। विप्लव।। ती भाइलाई मेरो सुझाव छ, यो गलत बाटो छाड्देउ। कहाँ पुग्न हिँडेको।’