आर्थिक

ज्योति विकास बैंकको भरतपुर शाखा स्थानान्तरण

काठमाण्डौ । ज्योति विकास बैंकको चितवनको भरतपुर शाखा कार्यालय एक समारोहका बीच पारस बसपर्क भरतपुरबाट हाकिमचोकमा स्थानान्तरण गरी औपचारिक रुपमा नँया स्थानबाट कारोवार संचालनमा ल्याएको छ । औपचारिक रुपमा स्थानान्तरणको शुभारम्भ विकास बैंकका संचलकहरु छत्रमान श्रेष्ठ, ध्रूब कोइराला र जगदीश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा गर्नु भएको थियो । उक्त बैंकले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा मकवानपुर जिल्लाको बागमती गाउँपालिका फापरबारी र हेटौडा बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको थियो ।

हाल विकास बैंकले ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्दै आएको छ ।

हालसम्म विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्ता पूँजी २ अर्व ३७ करोड पुगेको छ । गत आव. को नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्नेछ ।