उर्जा

बिद्युत्महसुल ‘आइएमईपे ’ मार्फत भुक्तान गर्न सकिने

काठमाडौं । बिद्युत् महसुल वापतको रकम अव देखि आर्ईएमईपेबाट भुक्तानगर्न सकिने भएको छ । देश विदेशमा रहनुहुने सबैले यस्तो सेवामार्फत बिद्युत् महसुल भुक्तान गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

नेपाल बिद्युत प्राधिकरणले भर्खरै अनलाइन बिलभुक्तानी सेवा सुभारम्भ गरेपछि यस्तो सेवा शुरु गर्न थालिएको हो । यसले आम सेवाग्राहीहरूलाई बिल भुक्तानीका लागिलामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गरेको छ भने सेवाग्राहीहरूको समय पनि बचत गर्नेछ। नेपाल बिद्युत प्राधिकरणले अहिले उपत्यका भित्रका सबै शाखाहरुको महसुल संकलन अनलाइन पद्वतीबाटगर्न सुरु गरिसकेकोछ।

प्राधिकरणका कर्मचारीहरुले मिटर रिडिङ्गगर्दा उपलब्ध गराएको बिलका आधारमा आफुलाई पायक पर्ने आईएमईएजेण्ट आउटलेटमार्फत नेपाल बिद्युत प्राधिकरणको अनलाइन बिल भुक्तान सेवालिन सकिन्छभने ‘आईएमई पे’ डाउनलोड गरेका सेवा ग्राहीहरूले यस्तो सेवा आफ्नै मोबाइलबाट सजिलै लिन सकिने व्यवस्था मिलाईएको छ । मोबाईल एप्लिकेसनबाट बिजुलीको बिल भुक्तान गर्ने व्यवस्था आइएमई पे ले ‘पे पोइन्ट’ को सहकार्यमा गरेको हो ।