विशेष

भ्रष्टाचारको अखडा- वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुषकाण्डमा पक्राउ

काठमाडौँ । भ्रष्टाचारको अखडाको रुपमा चिनिने वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ ।

भ्रष्टाचारमा संलग्नता देखिएका कारण छानबिनका लागि पाण्डेलाई नियन्त्रणमा लिइएको अख्तियारका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।

मंगलबार बेलुका विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नासु खड्ग केसीलाई रु १० लाख घुससहित नयाँ बानेश्वरको ईनद्रेणी रेष्टुरेण्टबाट आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका पौडेल र केसीले पाण्डेको निर्देशनमा आफूहरुले रकम उठाएको भनी अख्तियारसमक्ष बयान दिएपछि पाण्डेलाई पक्राउ गरिएको हो । पाण्डेले केही दिनमा उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका थिए । बिलासी अपार्टमेन्टमा बस्ने पाण्डे प्रमुख भएको बिभाग भ्रष्टाचारको अखडाको रुपमा परिचित छ । मुलुकमा भएको म्यानपावर कम्पनीहरुलाई निर्देशन दिने, दर्ता गर्ने लगायतका महत्वपूर्ण कार्य गर्ने बैदेशिक रोजगार बिभागको डिजी बन्न करोडौंको चलखेल हुने गरेको समाचार आईरहेको हुन्छ ।