आर्थिक

दक्षिण एसियाली आर्थिक सम्मेलन शुरु

काठमाडौँ । दशौँ दक्षिण एसियाली आर्थिक सम्मेलन आज देखि यहाँ शुरु भएको छ । राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय र स्वापीको संयुक्त आयोजनामा शुरु भएको सम्मेलनमा दक्षिण एसियाली देशका २०० प्रतिनिधिको सहभातिा रहेको छ । सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दक्षिण एसिया क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिकलगायत समग्र विकासमा सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले २१औँ शताब्दिमा पनि दक्षिण एसियाका केही क्षेत्र गरिबीको पर्यायवाचीका रुपमा विश्व जगत्मा परिचित हुनु दुःखद् भएको बताउँदै यसको अन्त्यका लागि सामूहिक प्रयासको खाचो औँल्याए ।

सम्मेलनमा भूटानका अर्थमन्त्री ल्योन्पो लेकी दोर्जे , माल्दिभ्सका अर्थविकास राज्यमन्त्री अब्दुल लाथिप अहमद, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्ले र स्वापीका अध्यक्ष डा पोषराज पाण्डेले यस क्षेत्रका पूर्वाधार, यातायात लगायत समग्र विकासमा सम्मेलनले महत्वपुर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

बिहीबारसम्म चल्ने सम्मेलनले विज्ञहरुबाट समूहगत रुपमा छलफल गरी दक्षिण एसिया क्षेत्रको विकासका लागि ठोस योजना अघि सार्ने सो अवसरमा जानकारी गराइयो । कार्यक्रममा बंगलादेशको ढाकामा सम्पन्न नवौँ सम्मेलनसम्बन्धी स्मारिकासमेत विमोचन गरिएको थियो ।