अन्तर्राष्ट्रिय

अमेरिकाको क्यालिफोर्नियामा फेरि गोली चल्यो, चार जनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा एक्कासि गोली चल्दा चार जना मारिएका छन् । बालबालिकाहरु विद्यालय जाने समयमा भएको उक्त घटनामा अन्य दश जना घाइते भएका छन् ।

अमेरिकी सञ्चारमाध्यामहरुका अनुसार त्यो समय अभिभावकहरुले आफ्ना बालबच्चा विद्यालय लैजाँदै थिए । सोही बेला एक बन्दुकधारीले आक्रमण गरेपछि चार जनाको ज्यान गएको थियो ।

विद्यालय जाँदै गरेका बालबालिकाहरु भने सुरक्षित रहेको अमेरिकी सञ्चारमाध्यामहरुले जनाएका छन् ।  गोली चलाउने अज्ञात व्यक्तिको पनि प्रहरीको जवाफी कार्वाहीमा मृत्यु भएको जनाइएको छ ।