पु.समाचार

यस्तो छ प्रदेश नम्बर चारमा राजनीतिक प्रतिस्पर्धा

काठमाण्डौ । प्रधानमन्त्री बनिसकेका, पटकपटक प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गरेका, बारम्बार मन्त्री भएका, युवा नेतादेखि डन को समेत पहिचना बनाएका उम्मेदवार प्रदेश नं. ४ का जिल्लाम चुनावी मैदानमा छन् ।

उनै चर्चित उम्मेदवारका कारण यी जिल्लाको निर्वाचन परिणामप्रति धेरैको चासो छ । लोकतान्त्रिक र वाम गठबन्धनबाट उम्मेदवार बनेका हेभीवेट नेताको आरजितको आलन अहिले धेरैतिर चलिरहेको छ ।

माओवादी छाडेर नयाँ शक्तिको संयोजनगरेका डा.बाबुराम भट्राई र अर्का नेता नारायणकाजी श्रेष्ठका कारण गोरखा सबैभन्दा बढी चर्चामा छ ।

बुधबारको नागरिकमा लेखिएको छ, दुवै नेता चर्चित भएका कारण उनीहरुमध्ये कसले जित्ने भन्ने अनुमान गर्न सहज छैन । त्यस्तै तनहुँ कांग्रृसका वरिष्ठ नेता रामचन्द्र पौडेलका कारण चर्चामा छ ।

पटकपटक प्रधानमन्त्रीको दाबेदार बनिसकेका पौडेलका लागि पाटृिको आन्तरिक गुटबन्दीले अप्ठ्यारो पारिदिएको छ । युवा नतो रवीन्द्र अधिकारीका कारण कास्कीले थोरै भए पनि चर्चा बटुलेको छ ।