काठमाण्डौ । बैंकले विपन्न बर्गमाकर्जा प्रवाहगर्ने सम्बन्धमा सानाकिसान, युवा स्वरोजगार, महिला उद्यम जस्ता क्षेत्रहरुमा लगानी गर्ने नीतिअनुरुप यूकेएडद्वारा संचालित सक्षम एक्सेस् टु फाईनान्स् परियोजनासंग सहकार्य गरिरहेकोमा सोही परियोजना अन्तर्गत दाङ्गका कृषि तथा महिला उद्यमीलाई बिनाधितो कर्जा प्रवाहगर्न बैंकले हेफर इन्टरनेसनल नेपालसँग सम्झौता गरेको छ । उक्त सम्झौतापछि बैंकले हेफर इन्टरनेसनल नेपालको सहकार्यमा लमही दाङ्गका चारवटा विभिन्न सहकारी संस्था मार्फत कर्जा प्रदान गर्नेछ । विपन्न परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले संचालनहुने उक्त कार्यक्रमले कृषक तथा महिलाहरुको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने विश्वास बैंकले लिएको छ ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्मआफ्ना ६२ वटा शाखाहरु , ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ शाखा रहित बैंकङ्ग सेवा समेत गरी जम्मा ७३ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको जनाएको छ ।