आर्थिक

‘इमान र धर्मसहितको व्यापारमा जोड दिनुपर्छ’ : पुर्बप्रधानमन्त्री रेग्मी

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले इमान र धर्मसहितको व्यापारबाट उद्यमी व्यवसायी विमुख हुननहुनेमा जोड दिएका छन् ।

नेपाल उद्योग परिसंघ र अमेरिकामा प्रधान कार्यालय रहेको व्यावसायिक संस्था फ्रष्ट एण्ड सुलेभानले संयुक्त रुपमा मंगलबार काठमाण्डौमा आयोजना गरेको उत्कृष्ट उद्यमी पुरस्कार वितरण समारोहमा उनले अधिक मुनाफा आर्जन गर्ने ध्येयलेमात्र व्यापार गर्न नहुने बताउँदै व्यापारिक धर्मलाई पनि अक्षुष्ण राख्नुपर्ने बताए।

मुलुकको राष्ट्रिय अर्थतन्त्रको उत्थानमा उद्योग क्षेत्रको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उनले रोजगारीका निम्ति विदेशिनुपर्ने बाध्यताबाट युवावर्गलाई मुक्त गर्न स्वदेशमा उद्योगधन्दा कलकारखाना स्थापना अपरिहार्य भएको बताए ।

त्यस अवसरमा उनले सिप्रदी टे«डिङ प्रा.लि र नेपाल एसबिआई बैँकलाई ‘सुपर प्लाटिनम अवार्ड’ र सुपर प्लाटिनम फस्र्ट रनर अप अवार्ड तथा मेघा बैँक र विजय डिष्टिलरीलाई ‘गोल्ड अवार्ड’ प्रदान गरे ।

नेपालका ११ वटा कम्पनीलाई उदीयमान व्यवसाय, मध्यमस्तरको व्यवसाय, ठूला व्यवसाय र ‘मेगा’ व्यवसाय समूहमा विभाजन गरी पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा दिइएको जानकारीअनुसार ती कम्पनीले व्यावसायिक योजना, त्यसको कार्यान्वयन, सेवाको गुणस्तर, उपभोक्ताको सन्तुष्टि, मुनाफाको स्तर, राजस्वमा पु¥याएको योगदान, संस्थागत सामाजिक उत्तरदायित्व, लागत न्यूनीकरणजस्ता विविध पक्षको सूक्ष्म विश्लेषण गरी पुरस्कार प्रदान गरिएको आयोजकले जनाएका छन् ।