पु.समाचार

काँग्रेस आमन्त्रित सदस्यमा विष्ट मनोनित

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आनन्द विष्टलाई पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

सभापति देउवाले नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति विष्टलाई आज आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विगत दुई दशकदेखि मुलुकको लोकतन्त्र र काँग्रेसको पक्षमा निरन्तर योगदान गरेका विष्टलाई उनको योगदानको कदर गर्दै आमन्त्रित केन्द्रीय समितिमा मनोनयन गरिएको जनाइएको छ ।