राजनीति

राजनीतिक स्थायित्वका लागि काँग्रेसको विजय अपरिहार्य – नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं १ प्रतिनिधिसभा उम्मेद्वार प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जिम्मेवारीको नेतृत्व काँग्रेसले मात्र गर्नसक्ने बताएका छन् ।

घरदैलोको क्रममा आज काठमाडौँको शंखमूलमा आयोजित महिला भेलामा नेता सिंहले राणा शासन, पञ्चायत व्यवस्थाको अन्त्य, १० वर्षे सशस्त्र द्वन्द्वको अन्त्य र शाही शासनविरुद्धको आन्दोलनमा काँग्रेसले नै नेतृत्व गरेको उल्लेख गरे ।

उनले भने, “मुलुकको हरेक राजनीतिक परिवर्तन काँग्रेसको नेतृत्व र संर्घषबाट मात्र सफल भएका हुन् । तसर्थ आगामी दिन मुलुकको समृद्धिको अभियान पनि काँग्रेसबाट मात्रै सम्भव छ ।’’

पूर्व उपप्रधानमन्त्री एवं काँग्रेसका पूर्व महामन्त्री समेत रहेका नेता सिंहले विगतमा कम्युनिष्ट पार्टीहरुले पटकपटक सरकारको नेतृत्व गर्दासमेत संविधान जारी गर्न नसकेको प्रसंङ्ग उल्लेख गर्दै काँग्रेसकै नेतृत्वमा सविधानसभाबाट सविधान जारी भएको बताए ।