पु.समाचार

औद्योगिक क्षेत्रमा भीषण आगलागी

ललितपुर । पाटन औद्योगिक क्षेत्रमा रहेको प्लाष्टिक कारखानामा आज साँझ आगलागी भएको छ । आगलागीको कारण पत्ता लाग्न नसकेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । काठमाडौँ, ललितपुर महानगरपालिकाका दमकल, त्रिभुवन विमानस्थल, निजी पानी ट्यांकरको पानी प्रयोग गरी आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

आगलागीका कारण उद्योगमा रहेका तयारी सामग्री, कच्चा पदार्थ जलेर नष्ट भएका छन् ।

आगलागीका कारण आनन्द प्लाष्टिक उद्योग र पञ्चकन्याको युपिभिसी उद्योगमा क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण भने प्राप्त भएको छैन । आगो अन्दाजी छ बजेको समयमा लागेको जनाइएको छ ।