आर्थिक

एनबिआइ र माछापुच्छ्रे बैंकबीच सम्झौता

काठमाण्डौ । नेशनल बैंकिङ इन्ष्टिच्युट र माछापुच्छ्रे बैंक बीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालनगर्ने सम्बन्धि सम्झौता भएको छ । सो सम्झौता अनुसार एनबिआइले माछापुच्छ्रे बैकका कर्मचारीहरुको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठ र एनबिआइका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरेका छन् । बैकमा हाल करिब ८५० कर्मचारी रहेका छन् ।