आर्थिक

एन आई सी एसियाको अनलाइन बचत खाता संचालनमा

काठमाण्डाै । आई सी एसिया बैंक, आफ्ना ग्राहकहरुको माग तथा चाहना बमोजिम “एनआई सी एसिया अनलाइन बचत खाता” संचालनमा ल्याएको छ ।

यस अनलाइन बचत खाता देश तथा विदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले संचालनमा ल्याइएको खाता हो । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा ग्राहक बैंकमा उपस्थित नभईकननै खाता खोलि खाता नंम्बर प्राप्त गर्न तथा अनलाईन मार्फत रकम जम्मा गर्न सक्ने विशेषता रहेको छ ।
अनलाइन बचत खाताको सुरुवातसँगै ग्राहकहरुले आफुले चाहेको बखतमा बैंकको वेबसाइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्नेछन् । यस बचत खाताको सुरुवातसँगै देशविदेशमा रहेका ग्राहकहरुले उच्च स्तरीय बैंकिङ्ग सेवा प्राप्त गर्ने कुरामा बैंक विश्वस्त छ ।
बैंकले हाल देशभर रहेका आफ्ना १३६ शाखा, ४ विस्तारित काउण्टर, १४१ एटीएम, ३ शाखारहित बैंकिङ्ग सेवा र ४०५ भन्दा बढी एइक् मेशिन मार्फत् उच्चस्तरिय र ग्राहक केन्द्रीत बैंकिङ्ग सेवा प्रदानगर्दै आएको छ ।

करिब ६ लाख ३० हजार ग्राहकमहानुभावहरुमा आफ्नो सेवा प्रदानगर्दै आईरहेको यस बैंकले यस अनलाइन बचत खाता मार्फत देश तथा विदेशमा रहेका ग्राहकहरुलाई थप सेवाविस्तार गर्ने लक्ष्य लिएको छ ।