आर्थिक

सिटिजन्स बैंक र दोहा बैंक बीच विप्रेषण सम्झौता

काठमाण्डौ । समृद्ध ,समुन्नत नेपालको सारथिको रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको यस सिटिजन्स बैंक र कतारको दोहा बैंक बीच विप्रे्रषण सम्बन्धी सम्झौता भएको छ ।

कतारको राजधानी दोहामा एक भव्य कार्यक्रम बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । कतारका लागी नेपालका राजदूत रमेश कोइरालाको समुपस्थितिमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र दोहा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता बमोजिम अब कतार, दुबई, कुवेत, भारत, जापान, सिंगापुर, दक्षिण अफ्रीका, दक्षिण कोरिया, अस्ट्रेलिया, टर्की, बेलायत, क्यानाडा, बंगलादेश, लगायतका राष्ट्रहरुबाट दोहा बैंकको विप्रे्रषणप्रणाली ( डी फास्ट) मार्फत नेपालमा पठाएको विप्रे्रषण रकम सरल र सहज रूपमा सिटिजन्स बैंक नेपाल भर रहेको ६६ वटा शाखाहरु र ४००० भन्दा बढी सहायक प्रतिनिधिहरु रहेको सञ्जालबाट सरल र सहज रूपमा भुक्तानी पाउन सकिने छ ।

कार्यक्रममा कतारका लागी नेपालका राजदूत रमेश कोइरालाले यो सम्झौता हुण्डी कारोबारलाई निरुत्शाहित गर्न कोशेढुंगाको रूपमा साबित हुने कुरा व्यक्त गरे । कार्यक्रममा बोल्दै दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले यो सम्झौता गर्न पाएकोमा खुशी व्यक्त गरे र आगामी दिनहरुमा पनि परस्पर हितका लागी सिटिजन्स बैंक सँग मिलेर थप काम गर्न इक्छूक रहेको कुरा जानकारी गराए । उक्त सम्झौता समारोहमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले यो सम्झौता कार्यान्वयनपछि नेपालको विप्रे्रषण व्यवसायलाई अझ व्यवस्थित बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै उनले कतार स्थित दूतावासले सम्झौता गर्न पुर्याएको सहयोगको मुक्तकंठले प्रशंसा गरे । उक्त समारोहमा बैंकको प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र संचालन इनर्चाज पारस बिक्रम थापाको पनि उपस्थिति रहेको थियो ।

हाल सिटिजन्स बैंकले आफ्नो उच्च व्यवसायिकता तथा दक्षताका साथ देशमा विस्तृत रुपमा फैलिएको आफ्नो आन्तरिक सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको छ ।

देशैभरी फैलिएका यस बैंकको ६६ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको तथा सिटिजन्स रेमिटले देशको कुना काप्चाबाट समेत जनताको सेवा पुर्याउदै आएको कुरा पनि बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले जानकारी गराए ।