पु.समाचार

नेपाली बैंकका  ATM Card हरुको  DATA चोरी गर्ने बुल्गेरियन नागरिक पक्राउ

काठमान्डाैँ । अपरिचित पुरुष व्यक्तिले ठमेल लगायतका विभिन्न स्थानमा रहेका बैंकका ATM बाट अनधिकृत रुपमा रकम निकाल्न प्रयास गरिरहेको क्रममा यस ब्यूरोबाट खटिएको टोलिले पक्राउ गरेको छ ।

नेपाल ईन्भेष्टमेन्ट बैंकको ठमेल, चाक्सीबारी स्थित ATM मेसिनमा स्किमर मेसिन जडान गरेको भनी हुलिया सहितको सूचना प्राप्त भए पश्चात यस ब्यूरोबाट खटिएको टोलिले काठमाडौंका सम्भावित न्यूरोड, ठमेल, दरबारमार्ग, सोह्रखुट्टे, क्षेत्रपाटी लगायतका स्थानहरुमा जडान गरिएका ATM हरुमा गोप्य निगरानी गर्दैजाँदा नेपाली बैंकका ATM Card हरुको DATA चोरी गरी विदेश लैजाने तथा ATM बाट अनाधिकृत रुपमा रकम निकाल्ने कार्यमा संलग्न बुल्गेरियन नागरिक VITALIY VASILIEVICH NEKIT  (राहदानी नं.383173200) लाई शुक्रबार का.जि. का.म.न.पा. वडा नं. २९, ठमेल, नरसिंहचोक स्थित होटल डिस्कभरी को कोठा नं. ३०४ बाट विभिन्न कार्ड थान -१८, ग्लोबल आईएमई बैंक, सानिमा बैंक तथा नबिल बैंक को ATM मेसिनबाट रकम निकालेको स्लिप थान-३, बिद्युतीय उपकरणहरु खोल्न प्रयोग हुने विभिन्न प्रकारका औजारहरू थान-५ लगायतका सामाग्रीहरु सहित पक्राउ गरिएको हो ।  पक्राउ अभियुक्तलाई  बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान कार्य भैरहेको ।

ATM Card ठगीमा विदेशी मुलुकका नागरिकको संलग्नतास्हालसम्म ब्यूरोले विदेशी विरुद्ध गरिएको कारवाहीमा ४ रोमानियन, ४ टर्कीस, ४ बुल्गेरियन, ४ मोल्दोभियन र २ भारतीय गरी जम्मा १८ जना विदेशी नागरिकहरु पक्राउ गरिसकेको छ । निजहरुबाट हालसम्म नेपाली रु. ८८ लाख ६८ हजार ८५० ,  अमेरिकी डलर ७३ हजार ५ सय ८०,  युरो ६४ हजार १ सय ७५ र विभिन्न ATM Card १३२६ थान बरामद गरिएको हो ।